सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रहरी निरीक्षक राय घुस रकमसहित प्रहरीकै फन्दामा

२०७७ असार ७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले प्रहरी निरीक्षक रामबालक यादव रायलाई घुस रकमसहित शनिबार पक्राउ गरेको हो ।

बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीको विशेष टोलीले स्थानीय ठेकेदार दुर्गा लामासँग १२ हजार घुस रकम लिँदै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।

ठेकेदारसंँग शनिवार बिहान भीमफेदी- ६ स्थित सगरमाथा होटलमा घुस लिईरहेको अवस्थामा इन्स्पेक्टर रायलाई पक्राउ गरि प्रदेश प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि पनि उनले विभिन्न समयमा  ठेकेदार लामासँग धम्काउदै घुस माग्दै आएको उजुरी परेको थियो ।

रंगेहात पक्राउ परेका इन्स्पेक्टर रायलाई कारबाहीका लागि वाग्मती प्रदेश कार्यालय तानिसकिएको तथा उनी आजैबाट निलम्बन परिसकेको र अब उनलाई कानुनी प्रक्रियाअनुसार कारबाही अगाडि बढ्ने बाग्मती प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामाले जानकारी दिए ।  ।

घटनाबारे थप अनुसन्धान गर्दै सत्य तथ्य पत्ता लगाई घुससहित पक्राउ परेका प्रहरी अधिकृत इन्स्पेक्टर रायलाई अख्तियारमा बुझाउने तयारी भइरहेको प्रदेश प्रहरीले बताएको छ । रक्षक नै भक्षक भएपछि कसको के नै लाग्छ ?

नेपालको एउटा ईतिहास बोकेको नेपाल प्रहरीका अधिकृतनै यस्ता कार्यमा सलंग्न भएपछि अरुबाट के आशा गर्नु छ र त्यसैले भ्रष्टाचारीलाई कडा भन्दा कडा कार्वाहीको ब्यवस्था गरी दण्डित गर्नुपर्ने जनस्तरबाट उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै