सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेकपा कार्यकर्ता रायको गोली प्रहार गरी हत्या

२०७७ असार ७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः सर्लाहीमा सत्तारूढ नेकपाका एक कार्यकर्ताको अपहरणपछि हत्या भएको छ।

सर्लाहीको रामनगर गाउँपालिका- ४ बैरियाटोलका अन्दाजी ४० वर्षीय रामजुलुम रायको अपहरणपछि  हत्या भएको हो। नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले मृतक राय आफ्नो पार्टीको कार्यकर्ता भएको बताए ।

बौहर्वा प्रहरी चाैकीको छेउमै घर भएका रायको गोली प्रहार गरी हत्या भएको अवस्थामा बाँसघारीमा शव फेला परेको रामनगर गाउँपालिका प्रमुख कृष्णप्रसाद बर्माले जानकारी दिए।

अध्यक्ष बर्माका अनुसार रायलाई मुख बाँधेर गोली प्रहार गरी हत्या गरिएको छ। घटनास्थल रायको घरभन्दा एक किलोमिटर पूर्व पर्छ। घटनास्थल छिमेकी धनकौल गाउँपालिको सीमा क्षेत्र पनि हो। रायलाई शनिबार राति अज्ञात समूहले अपहरण गरी लगेर हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ।

हत्या गर्नुको कारण र हत्याराको पहिचान खुलेको छैन। घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै