सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नदीजन्य पदार्थ उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रण

२०७७ असार २४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका–१० बैरेनीस्थित मादी नदी किनारमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन गरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्र्याक्टरलाई आवश्यक कारवाहीका लागि नगरपालिकामा पठाइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ ।

प्रहरी नायब उपरीक्षक तिमिल्सिनाका अनुसार विभिन्न स्थानमा अवैधरूपमा भइरहेको प्राकृतिक स्रोत दोहनका लागि विशेष अभियान चलाइएको छ । प्रहरीले पछिल्लो एक साताको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लुकीछिपी अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

व्यास–५ स्थित साँगेखोला बगरबाट १ ट्र्याक्टर, शुक्लागण्डकी नगरपालिका–२ बाट २ ट्र्याक्टर, आँबु खैरेनी गाउँपालिका–१ बाट १ ट्र्याक्टर र भानु नगरपालिकास्थित मस्र्याङ्दी नदीबाट एक ट्र्याक्टर नियन्त्रणमा लिएर कारवाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै