सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

डब्लूएचओमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पाण्डे पक्राउ

२०७७ असार २४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्व स्वास्थ्य संगठन-डब्लूएचओमा जागिर लगाई दिने नाममा ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  नवलपरासीको सुस्ताका ३४ वर्षीय विजय पाण्डे रहेका छन्।

महाशाखाले जागिर लगाइदिने बहानामा पाण्डेले पैसा लिने, नक्कली कागजपत्र दिने अनि फरार हुने गरेको दावी गरेको छ।

पछिल्लोपटक पाण्डेले चितवनकी अस्मिता अधिकारीलाई डब्लूएचओको ललितपुर कार्यालयमा जागिर खुलेको भन्दै लकडाउनकै अवधिमा विभिन्न समयमा एक लाख ८२ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पाण्डेले आफूलाई डब्लूएचओको जागिरे भएको बताउँदै आएका थिए।

अधिकारीसँग उनको एक वर्षदेखि चिनजान भएको र जागिर खुलेको समयमा खबर गर्छु भन्दै पाण्डेले उनको फोन नम्बर लिएका थिए। पाण्डेले चितवनका निशानबाबु घिमिरेलाई पनि डब्लूएचओमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ लिएको तर जागिर भने लगाउन नसकेको प्रहरीको दावी छ।

नवलपरासीका  दिपक खनाल, धन बहादुर क्षेत्री, मनाङ घर भएका कासी गुरुङलगायत दर्जन बढीसँग पाण्डेले डब्लूएचओमा जागिर लगाई दिन्छु भनेर पैसा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै