सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘अञ्जिला’ को ट्रेलर सार्वजनिक

२०८१ फागुण १६, शुक्रबार

काठमाण्डौः फिल्म ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक गरिएको छ।

फिल्म महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको संघर्षदेखि कप्तानसम्म सफलताको कथामा आधारित छ, जसमा प्रेम, संघर्ष,पारिवारिक उतारचढाव र सफलताको कथालाई प्रस्तुत गरिएको छ ।

सार्वजनिक ट्रेलरमा मुख्य पात्र अञ्जिलाको संघर्ष र उसको जीवनको विभिन्न उतार-चढावलाई देखाइएको छ । एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा देखिएका छन् । फुटबलको विपक्षमा बुवा र पक्षमा आमा छन् ।

एक खेलाडीको संघर्षको कथामा आधारित फिल्म यही २९ फागुनमा प्रदर्शन हुनेछ । फिल्मका निर्देशक मिलन चाम्स हुन् । फिल्ममा एञ्जिलासहित कलाकार सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायत छन् ।

फिल्मको निर्मातामा प्रेम कुमार श्रेष्ठ छन् । फिल्मको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा, र काठमाडौंमा गरिएको छ । फिल्म सुदीप बरालले छायांकन र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)