सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चलचित्र ‘हेल्लो काँशीराम’ को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियो)

२०८२ बैसाख २९, सोमबार

काठमाण्डौः आगामी जेठ २ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र  ‘हेल्लो काँशीराम’ टिमले चलचित्रमा समावेश अर्को गीत  ‘खैजेडीको घेरो’ सार्वजनिक गरेको छ ।

दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ । बुढासुव्वा डिजिटल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक २ मिनेट ५२ सेकेण्डको छ । यस गीतमा संगीत सम्योजन विपिन आचार्यले गरेका छन् भने रेकर्डिङ एमबी म्युजिक स्टुडियोमा गरिएको हो। यो गीतमा समावेश शब्द अनुसार समग्रमा चलचित्र ‘हेल्लो काँशीराम’ कमेडी शैलीमा देशको परिस्थितीलाई चित्रण गरेको बु्झ्न सकिन्छ । आरआर फिल्म वितरणमा ल्याउन लागेको यस चलचित्रमा चर्चित अभिनेता दिलिप रायमाझी, प्रियंका कार्की, नवज्योती रसाइली, उमेश राई, अर्जुन गुरुङ, लक्ष्मी भुसाल, लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

चलचित्रको छायांकन यम आले मगरले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन मित्र डी. गुरुङले गरेका छन्। चलचित्रमा समावेश विभिन्न गीतमा नृत्य निर्देशन चर्चित कोरियोग्राफर कविराज गहतराजको रहेको छ भने द्वन्द निर्देशन शंकर महर्जनले गरेका छन्। पि।बी। थापाको लगानीमा तथा रिम विश्वकर्माको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका सह–निर्माता शान्ता ढकाल हुन् ।

सहायक निर्देशकको भूमिकामा जीवन गौतम, सावन शर्मा र सुमन खाँण रहेका छन् । पार्श्व संगीत साश्वत श्रेष्ठले तयार पारेका छन्। श्रृंगारमा दीपेन्द्र हमाल र भेषभुषामा करण बस्नेतले काम गरेका छन्। रेडलाइन्स फिल्म प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रको  मिडिया तथा सोसल मिडिया व्यवस्थापन सेलिब्रेटी टाइम्स प्रालिले गरेको हो ।

फस्टलुक पोस्टर सार्वजनिक गरेर एकाएक धेरैको ध्यान तानेको चलचित्रका अन्य सामाग्री टिजर, गीत लगायतले पनि दर्शकलाई फरक स्वाद दिइरहेको र दर्शकको ध्यान खिचिरहेको निर्देशक तथा लेखक रिम विश्वकर्माले जानकारी दिए ।

उनले भने, टेक्निकल्ली रुपमा हामी केहि कमजोर देखिएका छौं होला तर समग्र चलचित्र हेर्नेले पुर्ण रुपमा रमाइलो मानेर घर फर्किनेछन् । त्यो हाम्रो ग्यारेन्टी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)