काठमाण्डौः दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा चुलिएको छ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको ट्रेलरले युट्युब ट्रेन्डिङको अग्रपङ्क्तिमा स्थान बनाएको छ। सार्वजनिक भएको तीन घण्टामै ट्रेन्डिङ सुरु गरेको यो ट्रेलरलेदर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ र हालसम्म करिब ५ लाख पटक हेरिसकिएको छ।
ट्रेलरको लोकप्रियतासँगै विदेशमा पनि चलचित्र रिलिजको माग बढ्न थालेको छ। यसअघि नै जापान, मध्यपूर्व र अस्ट्रेलियामा रिलिज हुने तय भएको महाभोज अब बेलायत र कोरियामा पनि प्रदर्शन हुने भएको छ। निर्देशक दिनेश राउतले अन्य धेरै देशबाट पनि चलचित्र रिलिजका लागि माग आइरहेको जानकारी दिए।
