काठमाण्डौः गायिका अनु चौधरीको स्वरमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक भएको छ ।
उत्तम भण्डारीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा बावुल गिरीको संगीत संयोजन तथा मिक्सिङ/माष्टरिङ रहेको छ ।
उत्तम श्रेष्ठ शिशिरको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा श्रीकृष्ण निरौला तथा आराध्यालक्ष्मी खड्गीलाई फिचर गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।
विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो आकर्षक बनेको छ ।
‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, आराध्या लक्ष्मीको भनाइ छ । आराध्या लक्ष्मीले नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन् । उनले मह जोडी, धिरने शाक्य लगायतसँग अभिनय गरेकी छिन् ।
कोरियोग्राफीमा समेत अब्बल आराध्यालक्ष्मी हालै ‘आमा आज पनि रुन्छिन’ मा अनुवन्धित भएकी छिन् । उनले हालैमात्र अवार्ड समेत पाएकी छिन् ।
आराध्या लक्ष्मीले निर्देशन तथा कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्डमा समेत नाम लेखाएकी छिन् । उनले प्लेनभित्र गीत विमोचन गरेर तथा प्यारागलाइडिङबाट विश्व कीर्तिमान कायम गरेकी छिन् ।
