सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चलचित्र रियाल रिंगेटको मार्मिक टिजर

२०८२ असार ३, मंगलबार

काठमाण्डौः  नेपालबाट रियल तथा रिंगेट कमाउन वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका नेपाली कामदारहरूको कारुणिक पीडालाई समेटेर नेपाली चलचित्र ‘रियाल रिंगेट’ निर्माण गरिएको छ । यसै क्रममा यो चलचित्रको टिजर यति बेला सार्वजनिक गरिएको छ ।

आउँदो १६ साउनबाट चलचित्र घरमा रिलिज हुने यस चलचित्रको निर्माण कम्पनी रेबेल फिल्म्सले सार्वजनिक गरेको टिजरमा खाडी मुलुकमा कार्यरत नेपालीहरूको पीडा प्रस्तुत छ ।

यस चलचित्रमा प्रमोद चौलागाईं, निता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

नेपाली युवाहरूको सपना, संघर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट यो टिजरमा प्रस्तुत गरिएको छ । मुलुकलाई रेमिटेन्स भित्राउँदै सम्पन्न बनाउने नेपाली युवा युवतीहरूले कसरी खाडीमा रगत पसिना बगाएका छन् भन्ने यथार्थलाई चलचित्रको टिजरमा समेटिएको छ ।

यो चलचित्रलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । मलेशिया, युएइ, कतार, साउदी अरबलगायतका मुलुकमा कार्यरत नेपालीहरुको कथा यसमा प्रस्तुत गरिएको निर्देशक पोखरेलले बताएका छन् ।

चलचित्रका निर्माता गगनलाल प्रधान हुन् । जसमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफी रहेको छ । चलचित्रका गीतहरूमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले स्वर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)