सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यस्तो छ फिल्म ‘कोशेढुंगा’ को तीज गीत ‘नत्र भने जिन्दगी’ (भिडिओ)

२०८२ श्रावण ५, सोमबार

काठमाण्डौः भदौ १२ गतेबाट प्रदर्शन हुने फिल्म ‘कोशेढुंगा’ को पहिलो गीत सार्जनिक भएको छ। निर्माण टिमले सोमबार ‘नत्र भने जिन्दगी’ बोलको तीज गीत सार्वजनिक गरेको हो।

सार्वजनिक तीज गीतमा चर्चित गायिका समीक्षा अधिकारी र खेम सेञ्चुरीको स्वर सुन्न सकिन्छ। नेत्र अर्यालको शब्द रहेको गीतमा लुकलाइन शब्द र संगीत खेमको रहेको छ। श्यामश्वेत रसाइलीले गीतलाई एरेन्स, मिक्स र मास्टरिङ गरेका हुन्।

सार्वजनिक गीतको भिडिओमा फिल्मकै मुख्य कलाकार सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मा, मञ्जिल कुँवर, दिनेश काफ्ले र स्नेहा जोशीको अभिनय छ। रमाइलो खालको तीज गीतमा यी सबै कलाकारले छमछमी नाँचेका छन्।यस फिल्मलाई सर्वकालीन ब्लकबस्टर फिल्म‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड सरोज पौडेलले निर्देशन गरेका हुन्।

नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदै छ। ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४० देशमा प्रदर्शनमा आउने जनाएको छ।

चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)