काठमाण्डौः राइला फिल्म्सको प्रस्तुति तथा वेब टास्क फोर्सको सहकार्यमा सर्जक तथा गायक सौरभ लामिछानेद्वारा लिखित तथा संगीतबद्ध नयाँ मौलिक गीत ‘डुबे मँ’ सार्वजनिक भएको छ । यस गीतले प्रेम, विछोड र आत्मिक शान्तिको कथा देखाउन खोजेको छ ।
‘डुबे मँ’को संगीत संयोजनमा सरित राई रहेका छन् भने गिटारमा राहुल विश्वकर्मा, सेलोमा इभा महर्जन र बेसमा अनुप दासले साथ दिएका छन् । गीतलाई आर्यमन सार्की (मुम्बई) ले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
त्यस्तै, सौरभसँगै प्रतिभा केसीलाई कास्ट गरिएको ‘डुबे मँ’ गीतको म्युजिक भिडियोको निर्देशन भने रविन शर्माले गरेका छन् ।
