सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर

२०८३ असार १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मान्म (कालीकोट), १ असारः कालीकोटको दुर्गम गाउँ पलाँतामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका छन् ।

पलाँता गाउँपालिका–४ छलाहाँमा गत जेठ ३० र ३१ गते सञ्चालित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका पाएको जनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटबाट खटिएको २५ सदस्यीय विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले दुई स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा आठ जना विशेषज्ञ चिकित्सक सेवा प्रदान गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।

शिविरमा परिवार योजना सेवा, सामान्य रोग उपचार, पाठेघरको मुखको क्यान्सर परीक्षण, भिडियो एक्सरे, दन्त सेवा, प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा तथा निःशुल्क औषधि वितरणलगायतका सेवाहरू उपलब्ध गराइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका कालीकोटका व्यवस्थापक डा रत्नवीर सुनारले बताउनुभयो ।

शिविरमा पाठेघरको मुखको जाँच २११, प्रयोेगशाला सेवा ५१ जना, फिजियोथेरापी सेवा ५६ जना, युसजी सेवा, दुई ६२ जना र दन्त सेवा ४३ जनालाई गरिएको डा सुनारले बताउनुभयो । “शिविरमा दम, मुटुसम्बन्धी समस्या, उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगहरूको परीक्षण गरिएको छ”, उहाँले भन्नुभयो, “दुर्गम गाउँमा पहिलोपटक निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह