सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

क्यान्सर औषधि सहज उपलब्ध हुने

२०८३ असार ६, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ६ असार : विगत दुई महिनादेखि क्यान्सर रोगको उपचारका लागि प्रयोग हुने औषधिको अभाव रहेकामा अब सहज उपलब्ध हुनेछ । औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनमा सहज उपलब्धता हुने बताउनुभयो । उहाँले औषधिको अहिले केही सीमित ठाउँमा मात्र उपलब्ध गराउँदै आएकामा अब सहज रूपमा उपलब्ध गराइने बताउनुभयो ।

“औषधिको अभाव रहेकाले हामीले बिरामीलाई सहजताका लागि देशभरि केही ठाउँमा अस्पताल र फार्मेसीको नामै तोकेर उपलब्ध गराउने गरेका छौँ”, उहाँले भन्नुभयो, “अब चाँडै नै औषधिको आयातलाई सहज बनाएर बिरामीलाई सजिलै उपलब्ध गराउने छौँ ।” उहाँले सरकारले ती औषधिको मूल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकाले सहज पाइने बताउनुभयो । क्यान्सरको किमोथेरापी उपचारका लागि हुने ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ लगायत औषधिको अभाव विगत दुई महिनादेखि भएको हो ।

विभागले ती औषधि पाउनका लागि जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौँ, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क तोकिएको छ ।

किमोथेरापी उपचारका लागि सबभन्दा बढी ‘कार्बोप्लाटिन’ र त्यसपछि ‘सिस्प्लाटिन’ औषधि आवश्यक पर्दछ । सूचना अधिकारी बज्राचार्यका अनुसार अहिले नेपालमा ‘कार्बोप्लाटिन’ औषधि दुई हजार भाइल र ‘सिस्प्लाटिन’ ५० भाइल मात्र मौज्दात रहेको छ ।

नेपालमा बिरामीका लागि महिनामा एक हजार भाइल ‘कार्बोप्लाटिन’ र ६०० भाइल ‘सिस्प्लाटिन’ आवश्यक पर्दछ । नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले बिरामीको उपचारलाई अभाव हुन नदिनका लागि आफूहरूले महँगा भए पनि औषधि नेपाल आयात गरेर उपलब्ध गराइरहेको बताउनुभयो ।

उहाँले एक महिनालाई पुग्ने ‘सिस्प्लाटिन’ औषधि भारतबाट नेपाल आउने क्रममा रहेको जानकारी दिनुभयो । उहाँले सरकारले मूल्य समायोजन गरेपछि औषधिको अभाव नहुने बताउनुभयो । भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह