सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विकट बस्तीमा निःशुल्क आँखा शिविर

२०८३ असार १४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दोधारा चाँदनी (कञ्चनपुर), १४ असारः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

कञ्चनपुरस्थित महेन्द्रनगर आँखा अस्पतालले रेसुङ्गा बैंकको आर्थिक सहयोगमा जिल्लाको दुर्गम बस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले जानकारी दिुनभयो । उहाँका अनुसार शिविरमा १२८ जनाको आँखा जाँच गरिएको थियो । जसमा ६१ जनालाई निःशुल्क चश्मा उपलब्ध गराइएको थियो ।

उपचारका क्रममा आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएका ११ जनालाई महेन्द्रनगर आँखा अस्पताल रेफर गरिएको नेत्र अधिकृत धामीले बताउनुभयो । “जिल्लाको दुर्गम बस्ती स्वास्थ्य सेवा पहुँच बाहिर थियो यहाँ शिविरको आवश्यकता थियो”, उहाँले भन्नुभयो, “आखाँका बिरामीलाई यो शिविर निकै फलदायी बन्यो ।” उहाँका अनुसार शिविरमा अन्य सेवाग्राहीलाई समेत निःशुल्क औषधि वितरण गरिएको थियो ।

खल्ला मसेट्टीसम्म पुग्ने पक्की सहज बाटो नहुँदा यहाँका बासिन्दा स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता आधारभूत सेवाबाट वञ्चित छन् । महेन्द्रनगर सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यो बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ । घरआँगनमै निःशुल्क सेवा पाएपछि यहाँका स्थानीय हर्षित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह