सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

२०८३ असार १४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ढोरपाटन (बागलुङ), १४ असारः बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई रु १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो ।

बागलुङमा विद्युत् आवतजावत गर्ने हुँदा रक्तसञ्चारमा रगत बिग्रिने र गुणस्तर खस्किने जोखिम हुँदै आएको थियो । जेनेरेटर सञ्चालन गरेपछि अब उक्त समस्या समाधान हुने नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले बताउनुभयो । घण्टौँसम्म लाइन नआउँदा फ्रिजमा राखिएको रगत आवश्यक तापक्रमभन्दा बढी तातिने हुँदा बिरामीलाई दिन नमिल्ने हुने उहाँको भनाइ छ ।

लाइन जाँदा रातिमा मोबाइलको लाइट बालेर रक्तदान गर्ने र बिरामीलाई सेतो रगत उपलब्ध गराउनुपर्ने बाध्यता अब हट्ने साभापति आचार्य बताउनुहुन्छ । अहिलेसम्म सामान्य व्याट्रीबाट रक्तसञ्चारमा काम हुँदै आएकामा अब व्यवस्थित रूपमा सेतो रगत उत्पादन गर्न र रगतलाई व्यवस्थित रूपमा भण्डारण गर्न सकिने उहाँको भनाइ छ ।

सभापति आचार्यले भन्नुभयो, “रक्तसञ्चार केन्द्रमा विद्युत् आपूर्तिमा नहुँदा धेरै समस्या थियो, केही समय अगाडि सेतो रगत उत्पादन गर्न सुरु गरेका थियौँ, तर विद्युत्का कारण समस्या थियो, सहयोगका लागि अमेरिकामा रहनुभएका बागलुङवासीलाई आग्रह गरेका थियौँ, उहाँहरूले सहज रूपमा सहयोग गरिदिनुभयो, अब यहाँबाट प्रवाह हुने सेवा थप प्रभावकारी बन्नेछ ।”

बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले विदेशमा रहे पनि आफ्नो देश र जन्मभूमिप्रतिको माया अथाह हुने भन्दै यहाँका समस्या समाधानका लागि आफूहरू लाग्दै आएको बताउनुभयो ।

सेवा समाजले अहिले जेनेरेटरसहितका सामग्री सहयोग गरेर सुरुआत गरेको उहाँको भनाइ छ । आगामी दिनहरूमा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा काम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

धौलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्र रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारका समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो । तर चार महिनादेखि यही उत्पादन गर्न थालिएको छ । रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) का लागि प्रयोगशालाको पूर्वाधार निर्माण गर्न बागलुङ समाज जापानले १३ लाख ५० हजार सहयोग गरेपछि सेतो रगत उत्पादन गर्न सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह