सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

२०८३ असार ३१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दशरथचन्द (बैतडी), ३१ असारः अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै गएको छ । पछिल्लो समय यहाँ उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर र मिर्गौलासम्बन्धी रोगका बिरामीको संख्या बढ्दै गएको छ ।

समयमै स्वास्थ्य परीक्षण नगर्नु र नियमित व्यायामको अभावका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नसर्ने रोग परीक्षण अभियानका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उच्च रक्तचापको समस्या देखिएको छ ।

स्वास्थ्य कार्यालयले शिवनाथ गाउँपालिकाबाहेक जिल्लाका नौ स्थानीय तहका १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणका क्रममा एक हजार ४१० जनामा उच्च रक्तचाप, ५२७ जनामा मधुमेह, ८२९ जनामा मोटोपन र ९७ जनामा मिर्गौलासम्बन्धी समस्या देखिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।

गम्भीर स्वास्थ्य समस्या देखिएका ५०९ जनालाई थप उपचारका लागि ‘रिफर’ गरिएको छ भने विभिन्न रोग पहिचान भएका एक हजार २३० जनाले उपचार सेवा पाएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले नसर्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भए पनि अस्वस्थ जीवनशैलीका कारण यसको जोखिम निरन्तर बढिरहेको बताउनुभयो । उहाँका अनुसार अत्याधिक नुन, चिल्लो र चिनीको सेवन, प्रशोधित खाद्य पदार्थको प्रयोग, नियमित व्यायामको अभाव, धुमपान, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवनले जोखिम बढाएको छ ।

यस्तै, पर्याप्त निद्रा नहुनु, मानसिक तनाव र मोटोपनले उच्च रक्तचाप, मधुमेह, मुटु र मिर्गौला रोगको जोखिम पनि उत्तिकै बढाएको छ ।

स्वास्थ्यकर्मीका अनुसार नसर्ने रोग समयमा नै पहिचान गरी उपचार नगरे हृदयाघात, पक्षघात र मिर्गौला फेल हुनेजस्ता गम्भीर समस्या आउन सक्छ । जिल्ला अस्पतालका प्रमुख डा अरविन्द जोशीले स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित र पोषिलो आहार सेवन गर्न, दैनिक व्यायाम गर्न, धुमपान र मदिराबाट टाढा रहन तथा नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह