सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन

२०८३ श्रावण ९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, ९ साउनः उपचारमा आउने बिरामीले सधैँ रगतको अभाव खेप्नु परेपछि भरतपुर अस्पतालले आफैँले रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमा गत एक वर्ष तीन हजार ८३५ युनिट रगत सङ्कलन भएको छ ।

हरेक साताको सोमबार, बुधबार र शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरिँदै आइएको केन्द्रले जनाएको छ । विसं २०८१ जेठदेखि नियमित रक्तदान कार्यक्रम गर्न थालिएको जनाउँदै रक्तसञ्चार केन्द्रका अधिकारी विष्णुप्रसाद बाँस्तोलाले ती दिनमा बिहान ८ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म रक्तदान गर्न सकिने बताउनुभयो ।

रक्तदान गर्नेलाई खाजाको व्यवस्था गरिनुका साथै अस्पतालले प्रमाणपत्र पनि दिने गरेको छ । उहाँका अनुसार खाजाको खर्च भरतपुर महानगरपालिकाले भुक्तानी गर्दछ । बिरामीका आफन्तहरूबाट धेरै रगत सङ्कलन हुने गरेको छ । कतिपय सङ्घ संस्थाले आफ्नो विशेष दिन पारेर रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएका छन् ।

साथै बाहिर गएर पनि रगत सङ्कलन गर्ने गरिएको केन्द्रका अधिकारी बाँस्तोलाले जानकारी दिनुभयो । अस्पतालका बिरामीलाई यहाँ सङ्कलन भएको रगतले नपुग्ने भए पनि केही हदसम्म आकस्मिक अवस्थामा सहयोग पुगेको उहाँको भनाइ छ । अस्पतालले बाँस्तोलाको नेतृत्वमा प्राविधिक र सहयोगी गरी पाँच जनाको टिमलाई रगत सङ्कलनमा खटाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह