सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

२०८३ कार्तिक १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, १९ कात्तिक (रासस/एएफपी) : दक्षिण कोरियाले हर्मुज जलघाँटी आसपासको समुद्री मार्ग खुला राख्न गस्ती विमान, युद्धपोत र विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोली परिचालन गर्ने भएको छ । तर, इरानसँगको युद्धमा प्रत्यक्ष संलग्न नहुने नीति कायम राख्दै मिसनलाई गैरलडाकू भूमिकामा सीमित गरिने रक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले सोमालियाको एडनको खाडीमा व्यापारिक जहाजको सुरक्षामा खटिएको चेओङ्हे नौसैनिक एकाइको कार्यक्षेत्र विस्तार गर्ने योजना बनाएको छ । योन्हाप समाचार एजेन्सीका अनुसार मिसनमा पी–८ समुद्री गस्ती विमान, मानवरहित जलयान तथा पानीमुनि निगरानी गर्ने उपकरणसमेत परिचालन गरिनेछ । यसका लागि संसद्को स्वीकृति आवश्यक पर्नेछ ।

रक्षा मन्त्रालयका अधिकारीका अनुसार टोलीले सहयोगी मुलुकका सेनाबाट स्वतन्त्र रूपमा काम गर्नेछ । परिचालन ओमानको दक्षिणतर्फको खुला समुद्री क्षेत्रमा सीमित हुनेछ भने इरानी भूभाग र जलक्षेत्रमा निगरानी गर्न अनुमति दिइने छैन ।

फेब्रुअरी २८ देखि जारी अमेरिका–इरान युद्धका कारण विश्वको करिब पाँच भागको एक भाग तेल आपूर्ति हुने हर्मुज जलघाँटीको ढुवानी प्रभावित भएको छ । यसअघि राष्ट्रपति ली जे म्युङले युद्धमा प्रत्यक्ष सैन्य हस्तक्षेप नगर्ने दक्षिण कोरियाको नीति कायम रहने बताउनुभएको थियो ।

यसैबीच, हर्मुजको सुरक्षाका नाममा दक्षिण कोरियालाई सैन्य टोली परिचालन नगर्न इरानले चेतावनी दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी