सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार

२०८३ कार्तिक २०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ढाका, २० कात्तिक (रासस/एएफपी) : म्यान्माको सीमा नजिकै मानव तस्करीमा संलग्न भएको आशङ्का गरिएका समूहसँग भएको गोली हानाहानपछि बङ्गलादेशको सुरक्षा बलले रोहिङ्ग्या शरणार्थीसहित कम्तीमा ५७ जनाको उद्धार गरेको छ । बिहीबार राति भएको उक्त झडपमा एक सैनिकको मृत्यु भएको बङ्गलादेशी सेनाले जनाएको छ ।

सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आइएसपीआर) का अनुसार १५ देखि १६ जनाको सशस्त्र समूहले करिब १२० रोहिङ्ग्या शरणार्थी र बङ्गलादेशी नागरिकलाई अपहरण गरेको सूचना पाएपछि सुरक्षा बलले म्यान्माको सीमा नजिकै टेकनाफको रोङ्गिखालीस्थित पहाडी क्षेत्रमा उद्धार अभियान सञ्चालन गरेको थियो ।

गोली हानाहानका क्रममा सैनिक मोहम्मद तितास शेखको बायाँ काँधमा गोली लागेको थियो । अत्यधिक रक्तस्राव भएपछि उहाँको चोटकै कारण मृत्यु भएको सेनाले जनाएको छ । उहाँ २७ वर्षको हुनुहुन्थ्यो ।

बङ्गलादेशमा १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीले आश्रय लिइरहेका छन् । उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी म्यान्मामा भएको सैन्य दमनबाट ज्यान जोगाउन भागेर आएका हुन् ।

धेरैजसो शरणार्थी बङ्गलादेशको कोक्स बजार आसपासका विशाल शिविरमा बस्दै आएका छन् । त्यहाँ मानव तस्कर समूहले विदेशमा रोजगारी वा अन्यत्र जाने अवसर खोजिरहेका शरणार्थीलाई निशाना बनाउने गरेका छन् ।

सन् २०१७ मा म्यान्माको सैन्य कारबाहीका क्रममा रोहिङ्ग्या गाउँ जलाइएको र सर्वसाधारणको हत्या गरिएको घटनालाई लिएर नेदरल्यान्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा नरसंहारसम्बन्धी मुद्दा चलिरहेको छ । उक्त मुद्दामा अदालतले यही नोभेम्बर १९ मा फैसला सुनाउने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी