सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने

२०८३ कार्तिक २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, २५ कात्तिक (रासस/एएफपी) :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बिबिसीविरुद्ध दायर गर्नुभएको अर्बौं डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ । सङ्घीय न्यायाधीशले मुद्दा खारेज गर्न बिबिसीले गरेको प्रयास अस्वीकार गरेका छन् ।

ट्रम्पले सन् २०२१ जनवरी ६ मा क्यापिटलमा भएको आक्रमणअघि दिनुभएको भाषणलाई बिबिसीले भ्रामक रूपमा सम्पादन गरी आफूले समर्थकलाई हिंसामा उक्साएको देखाएको आरोप लगाउनुभएको छ । उहाँले कम्तीमा पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गर्नुभएको छ ।

न्यायाधीश जेफ्री टी कुन्जले मानहानिसम्बन्धी दाबी अघि बढाउन अनुमति दिए पनि फ्लोरिडाको उपभोक्ता संरक्षण कानूनअन्तर्गतको दाबी खारेज गर्नुभएको छ । बिबिसीले वृत्तचित्रको सम्पादनप्रति माफी मागिसकेको छ, तर ट्रम्पलाई वास्तविक क्षति पुगेको दाबी अस्वीकार गर्दै आएको छ ।

फैसलापछि ट्रम्पले यसलाई ‘ठूलो विजय’ भन्नुभएको छ । उहाँले अमेरिकी जनतालाई धोका दिन खोज्नेहरूविरुद्ध लडिरहने बताउनुभएको छ । यसअघि अदालतले उहाँलाई डिसेम्बर ११ भित्र मुद्दासम्बन्धी बयान दिन आदेश दिएको थियो । तोकिएको समयमा उपस्थित नभए मुद्दा खारेज हुन सक्ने चेतावनीसमेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी