सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ

२०८३ कार्तिक २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लन्डन, २५ कात्तिक (रासस/एएफपी)ः रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् । लन्डन प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टरनजिकैबाट पक्राउ गरिएको हो ।

राष्ट्रिय सुरक्षासम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा पक्राउ परेका सैनिक हाल लन्डनस्थित प्रहरी हिरासतमा छन् । यस घटनाको अनुसन्धानमा अमेरिकी सेना, प्रहरी तथा सुरक्षा निकायले बेलायती अधिकारीहरूलाई सहयोग गरेका थिए ।

लन्डन मेट्रोपोलिटन प्रहरीको आतंकवाद नियन्त्रण विभागकी वरिष्ठ राष्ट्रिय संयोजक भिकी इभान्सले बेलायत र अमेरिकाबीचको निकट सहकार्यका कारण यो गिरफ्तारी सम्भव भएको बताएकी छन् । उहाँले सैनिकमाथि लागेका आरोप गम्भीर रहेको उल्लेख गर्दै अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक काश पटेलले बेलायती प्रहरी तथा गुप्तचर निकायलाई धन्यवाद दिनुभएको छ । जासुसीसम्बन्धी आरोप अमेरिका र उसका सहयोगी राष्ट्रका लागि अत्यन्त संवेदनशील विषय भएको उहाँले बताउनुभयो ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले यस घटनाबारे थप जानकारीका लागि अमेरिकी सेनालाई सम्पर्क गर्न भनेको थियो । तर अमेरिकी सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

प्रहरीको विज्ञप्तिमा अमेरिकी सेना काउन्टर इन्टेलिजेन्स कमान्डका कमान्डिङ जनरल सिन स्टिन्चनले संवेदनशील सूचनामा पहुँच भएका वरिष्ठ सैनिकमाथि लागेको आरोपले आन्तरिक सुरक्षा चुनौती वास्तविक र निरन्तर रहेको देखाएको बताउनुभएको छ ।

रुस र बेलायतबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले युक्रेनलाई समर्थन गर्दै आएको छ । यसले मस्को र लन्डनबीचको सम्बन्ध थप चिसिएको छ ।

यसअघि सन् २००६ मा पूर्वरुसी जासुस अलेक्जेन्डर लिट्भिनेन्कोको लन्डनमा विष सेवनबाट मृत्यु भएको थियो । त्यस्तै, सन् २०१८ मा सालिसबरीमा पूर्वरुसी दोहोरो एजेन्ट सर्गेई स्क्रिपाल र उहाँकी छोरीमाथि विष प्रयोग गरी हत्या प्रयास भएको थियो । यी घटनाले बेलायतमा रुसी जासुसी गतिविधिबारे सुरक्षा चिन्ता बढाएका थिए ।

गत सेप्टेम्बरमा एक बेलायती नागरिकमाथि रुसी सैन्य गुप्तचर निकायका लागि ड्रोन कारखाना तथा उत्पादन केन्द्रमा तोडफोड गर्ने योजना बनाएको आरोप लागेको थियो । उक्त मुद्दा लन्डनको अदालतमा पुगेको थियो ।

प्रहरीले अमेरिकी सैनिक पक्राउ प्रकरण अन्य कुनै पनि जारी आतंकवाद नियन्त्रण अनुसन्धानसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ । यद्यपि, पक्राउ परेका सैनिकमाथि लागेको जासुसीको आरोप पुष्टि भइसकेको छैन । घटनाबारे बेलायती तथा अमेरिकी अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी