सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युक्रेनमा स्टारशिल्डमा नयाँ प्रतिबन्धः जेलेन्स्की

२०८३ कार्तिक २६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किएभ, युक्रेन, २६ कात्तिक (रासस/एएफपी): युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सेनाले स्टारशिल्ड उपग्रह इन्टरनेटमा सताउने उद्देश्यले नयाँ प्रतिबन्धको सामना गरिरहेको छ ।

एलन मस्कको स्पेसएक्स सेवाअन्तर्गत सञ्चालित यो प्रणाली फ्रन्टलाइन सञ्चारका लागि महत्त्वपूर्ण भूमिका खेल्छ । युक्रेनले गत महिना पहिलो पटक स्टारशिल्ड प्रयोगमा समस्या भएको रिपोर्ट गरेको थियो । त्यो जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिकी–रुसी डिजेल सम्झौताका क्रममा भएको विवादपछि भएको होे ।

राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “पछिल्ला समस्याहरू ‘अनियमित त्रुटि’ होइनन् । ट्रम्प र मस्कले सुरूमा पछिल्ला अवरोधहरूको जिम्मेवारी अस्वीकार गरेका छन्, यद्यपि मस्कले पछि युक्रेनले स्पेसएक्सको स्टारलिङ्क इन्टरनेट सेवा सैन्य उद्देश्यका लागि दुरुपयोग गरेको आरोप लगाएका थिए । त्यसपछि सबै पक्षले पूर्ण पहुँच पुनस्र्थापित भएको बताएका थिए । स्टारशिल्ड स्पेसएक्सको स्टारलिङ्कको सैन्य ग्रेड संस्करण हो ।

“हाम्रा एकाइहरूले युक्रेनको भूभागमाथि स्टारशिल्डको सञ्चालनमा केही दिनदेखि उल्लेखनीय अवरोध गरिरहेका छन्,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।“‘जानाजान’ इन्टरनेटको गतिमा नियन्त्रण (प्रतिबन्ध) लगाइँदै छ”, जेलेन्स्कीले भन्नुभयो, “यी अनियमित त्रुटि होइनन्। यसले रुसीहरूलाई थप युक्रेनीहरू मार्न र अझ सटीक प्रहार गर्न मद्दत गरिरहेको छ।”

स्टारशिल्ड प्रणाली १०० माइल प्रति घण्टा (१६१ किलोमिटर प्रति घण्टा) भन्दा माथि काम गरिरहेको छैन, जेलेन्स्कीले भन्नुभयो । गति सीमा रुसी जेट–सञ्चालित ड्रोन रोक्न ‘महत्त्वपूर्ण जटिलता’ साबित भइरहेको छ, जुन त्योभन्दा धेरै छिटो चल्छन् । यी कथित प्रतिबन्धहरू त्यसबेला आएका हुन् जब अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुश्नर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा भेट्दै छन्। उनीहरूले लगभग पाँच वर्षको युद्ध अन्त्य गर्ने सम्झौता खोज्दै दुई दिन अबु धाबीमा वार्ता गरेका थिए।
“हामी अमेरिकी पक्षसँग सबै परिस्थितिहरू पत्ता लगाउने प्रयास गरिरहेका छौँ,” जेलेन्स्कीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल