सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

२०८३ कार्तिक २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टोकियो, २७ कात्तिक : जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

उपमुख्य मन्त्रिपरिषद् सचिव मसानाओ ओजाकीका अनुसार ताकाइचीले नोभेम्बर १६ देखि १९ सम्म दुई देशको भ्रमण गरी दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) सम्बन्धी बैठक र एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिनुहुनेछ ।

एपेक सम्मेलनमा व्यापार, लगानी, क्षेत्रीय आर्थिक एकीकरण, ऊर्जा सुरक्षा र डिजिटल अर्थतन्त्रका विषयमा जापानको धारणा प्रस्तुत गरिने ओजाकीले बताउनुभएको छ ।

सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट हुने सम्भावना रहे पनि औपचारिक द्विपक्षीय बैठक हुने सम्भावना कम रहेको विश्लेषकहरूको भनाइ छ ।

गत महिना ताकाइचीले चीनलाई महत्त्वपूर्ण छिमेकी बताउँदै स्थिर र सकारात्मक सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यसअघि ताइवानसम्बन्धी उहाँको अभिव्यक्तिपछि चीनले जापान भ्रमणबारे आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको थियो ।

चीन भ्रमणअघि ताकाइची फिलिपिन्सको राजधानी मनिलामा हुने आसियान बैठकमा सहभागी हुनुहुनेछ । सोही अवसरमा जापान, अमेरिका, भारत र अस्ट्रेलिया सम्मिलित क्वाड बैठक पनि आयोजना हुने ओजाकीले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत

हरेदी दलसँग गठबन्धन बन्ने लिबरम्यानको विश्वास

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास