सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गाजाको मानवीय सङ्कटप्रति चार देशको चिन्ता, सहायता तत्काल खुलाउन माग

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गाजा, ३० कात्तिक (रासस/सिन्ह्वा)ःगाजामा बढ्दो मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै अस्ट्रेलिया, क्यानडा, इटाली र बेलायतले इजरायल सरकारलाई अत्यावश्यक राहत सामग्री तत्काल प्रवेश गर्न दिन आग्रह गरेका छन् ।

चार देशका विदेशमन्त्रीहरूले सोमबार संयुक्त वक्तव्य जारी गर्दै गाजाको मानवीय अवस्था अत्यन्तै गम्भीर बनेको बताएका हुन् । जाडो मौसम सुरु भएसँगै त्यहाँका सर्वसाधारणलाई सुरक्षित आश्रय, खाद्यान्न तथा अन्य अत्यावश्यक मानवीय सहायताको आवश्यकता बढ्दै गएको उहाँहरूको भनाइ छ ।

विदेशमन्त्रीहरूले गाजामा रहेका नागरिकहरू अहिले कठिन परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै मानवीय सहायता वितरणमा भइरहेको अवरोध तत्काल हटाउन इजरायलसँग आग्रह गरेका छन् ।

‘यो अवस्था पूर्ण रूपमा सुधार गर्न सकिने खालको छ र जाडो मौसम पूर्ण रूपमा सुरु हुनुअघि पनि आवश्यक कदम चाल्ने समय बाँकी छ,’ संयुक्त वक्तव्यमा भनिएको छ ।

उहाँहरूले इजरायल सरकारलाई राहत सामग्री प्रवेशमा भइरहेको ढिलाइ तत्काल रोक्न तथा गाजाका सबै क्षेत्रमा मानवीय सहायता छिटो, निर्बाध र अवरोधरहित रूपमा पुर्‍याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

संयुक्त वक्तव्यमा विशेषगरी अत्यावश्यक राहत सामग्री सीमा क्षेत्रमा रोकिएको विषयलाई गम्भीर रूपमा उठाइएको छ । विदेशमन्त्रीहरूका अनुसार करिब एक लाख ५० हजार पालसहितका महत्वपूर्ण राहत सामग्री गाजामा प्रवेशको प्रतीक्षामा सीमा क्षेत्रमा थन्किएका छन् ।

जाडो मौसम नजिकिँदै गर्दा पर्याप्त आश्रयको अभावमा रहेका गाजाका नागरिकको अवस्था थप कठिन बन्न सक्ने भन्दै चार देशले तत्काल मानवीय सहयोग आवश्यक रहेको बताएका छन् ।

उहाँहरूले मानवीय आवश्यकतालाई प्राथमिकतामा राख्दै राहत सामग्री वितरणमा कुनै अवरोध हुन नहुनेमा जोड दिएका छन् ।

गाजामा मानवीय सहायता पुर्‍याउने विषय अन्तर्राष्ट्रिय समुदायको चासोको विषय बन्दै गएको छ । विशेषगरी विस्थापित नागरिकका लागि अस्थायी आवास, खाद्यान्न तथा अन्य आधारभूत सामग्रीको उपलब्धता सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

अस्ट्रेलिया, क्यानडा, इटाली र बेलायतको संयुक्त आग्रहसँगै गाजामा मानवीय सहायता प्रवेश सहज बनाउने विषयमा इजरायलमाथि अन्तर्राष्ट्रिय कूटनीतिक दबाब थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल