सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टोकियो, २ मङ्सिर (रासस/एएफपी) :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ र रुसी राष्ट्रपतिसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने तयारी गरिरहेका बेला जापानी प्रधानमन्त्री साने ताकाइचीले उहाँसँग भेटवार्ता गर्नुभएको छ । जापानको विदेश मन्त्रालयका अनुसार दुवै नेताबीच मङ्गलबार फिलिपिन्सको मनिलामा आयोजित रात्रिभोजका क्रममा कुराकानी भएको हो ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले आयोजना गर्नुभएको रात्रिभोजमा भएको भेटमा दुवै नेताले इन्डो–प्यासिफिक क्षेत्रका विषयमा निकट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जापानी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

प्रधानमन्त्री ताकाइची बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जाँदै हुनुहुन्छ । प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो चीन भ्रमण हो ।

ताइवानसम्बन्धी उहाँको अभिव्यक्तिपछि चीनसँगको पछिल्लो परिस्थितिका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता हुनेबारे भने अन्योल रहेको बताइएको छ । यद्यपि, सञ्चारमाध्यमका अनुसार उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छोटो भेट गर्न सक्ने सम्भावना छ । रुसी विदेश मन्त्रालयका एक अधिकारीले भने त्यस्तो भेटबारे कुनै निर्णय नभएको बताएका छन् ।

जासुसीको आरोपमा रुसमा एक जापानी पत्रकार पक्राउ पर्नुका साथै जापान टोबाकोसँग सम्बन्धित सम्पत्ति जफत भएपछि पछिल्ला साताहरूमा जापान–रुस सम्बन्धमा तनाव बढेको छ ।

यसैबीच, सी, ट्रम्प र पुटिनबीच बिहीबार त्रिपक्षीय शिखर सम्मेलन हुने कार्यक्रम छ । जापानी सरकारका मुख्य प्रवक्ता मिनोरु किहाराले अमेरिका–चीन, चीन–रुस तथा अमेरिका–चीन–रुस सम्बन्धलाई जापानले नजिकबाट नियालिरहेको बताउनुभएको छ ।

उहाँले जापानको राष्ट्रिय हित र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरताका लागि अमेरिका–जापान गठबन्धन बलियो हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

चीनले आफ्नो भूभाग मान्दै आएको ताइवानको अवस्थाबारे प्रधानमन्त्री ताकाइचीले गत वर्ष नोभेम्बरमा जापानको सम्भावित भूमिकाबारे धारणा व्यक्त गर्नुभएको थियो । उक्त अभिव्यक्तिपछि चीनले आफ्नो चासो व्यक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल