सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सेन्जेन, ३ मङ्सिर (रासस/एएफपी)ःचीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी सम्मेलनपछि चिनियाँ सरकारी सञ्चारमाध्यम र क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गर्नुभएको छ । ह्वाइट हाउसले भने उक्त वक्तव्य सार्वजनिक गरेको छैन ।

संयुक्त वक्तव्यमा तीनै देशका नेताले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिबारे गहन विचारविमर्श गर्दै रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ ।

तीन देशले प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने योजना बनाएको र ऊर्जाको स्थिर प्रवाहको महत्त्वलाई पुनः पुष्टि गरेको वक्तव्यमा जनाइएको छ । त्यसैगरी आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्न आपसी संवाद अघि बढाउने सहमति भएको छ ।

वक्तव्यमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लगायतका संस्थाले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने उल्लेख गरिएको छ । राष्ट्रको सहमति र सरकारी अधिकारीले पाउने कूटनीतिक उन्मुक्तिको सम्मान गर्नुपर्नेमा पनि नेताहरूले जोड दिएका छन् । तीनै देशले संयुक्त राष्ट्रसङ्घको सुधार प्रक्रियालाई अघि बढाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले सम्मेलनलाई सकारात्मक, रचनात्मक र उपलब्धिमूलक बताउनुभएको हो ।‘विश्व शान्तिको संरक्षण गर्ने विषयमा तीनै देशको साझा दृष्टिकोण रहेको छ,’ सीले भन्नुभयो । सम्मेलन सकिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्प सेन्जेनबाट प्रस्थान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल

हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा