सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनुषा, ४ मङ्सिरः  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।

मन्त्री लम्सालले बिहीबार धनुषा निर्वाचन क्षेत्र नं ४ अन्तर्गत ढल्केबरको पोखरिया, इच्छापुर, नक्टाझिझ, रमदैया–सिर्सिया पुल तथा अन्दुपट्टी–कटरैत पुललगायतका क्षेत्रको निरीक्षण गर्नुभएको हो ।

अनुगमनका क्रममा उहाँले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार आयोजनाको निर्माण अवस्था, प्रगति र स्थानीय आवश्यकताबारे जानकारी लिनुभएको थियो । उहाँले लामो समयदेखि अधुरा रहेका र निर्माणमा ढिलाइ भएका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित प्राविधिक तथा प्रशासनिक निकायलाई निर्देशन दिनुभयो ।

विकास आयोजना कागजमा मात्र सीमित नभई नागरिकले प्रत्यक्ष लाभ पाउनेगरी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उहाँले निर्माणको गुणस्तर र निर्धारित समयसीमामा सम्झौता नगर्न आग्रह गर्नुभयो । स्थानीय आवश्यकता र जनताको मागअनुसार योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

यसै क्रममा मन्त्री लम्सालले जनकपुरधामको विकास, सौन्दर्यीकरण तथा धार्मिक पर्यटन प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । जनकपुरधामलाई व्यवस्थित, आकर्षक र अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँले जनकपुरधामस्थित मणिमण्डपको अवलोकन गरी त्यसको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका सम्भावनाबारे जानकारी लिनुभयो । मणिमण्डपलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै मन्त्री लम्सालले यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई अन्तरराष्ट्रियस्तरमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी, रामजानकी स्टेडियमको निरीक्षण गर्दै उहाँले खेलकुद पूर्वाधारको विकास र स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताउनुभयो । स्टेडियमलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन आवश्यक पहल गरिने उहाँको भनाइ थियो ।

मधेस प्रदेशको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री लम्सालले सडक, पुल, भवन तथा खानेपानीलगायत पूर्वाधार निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको बताउनुभयो ।  अधुरा आयोजना सम्पन्न गर्ने र नयाँ योजना आवश्यकताका आधारमा अघि बढाउने सरकारको प्राथमिकता रहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै