सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कोलम्बो, ४ मङ्सिर (रासस/एएफपी) :मध्यपूर्वको लामो युद्धका कारण ऊर्जा तथा खाद्यवस्तुको मूल्य बढेर मुद्रास्फीतिमा दबाब परेपछि श्रीलङ्काले छ महिनापछि पहिलोपटक ब्याजदर २५ आधार अङ्कले बढाएर नौ प्रतिशत पुर्‍याएको छ ।

अक्टोबरमा श्रीलङ्काको वार्षिक मुद्रास्फीति ८.३ प्रतिशत पुगेको छ र यो केन्द्रीय बैङ्कको पाँच प्रतिशतको लक्ष्यभन्दा बढी हो । मध्यपूर्वको द्वन्द्व लम्बिँदा विश्वव्यापी ऊर्जा र खाद्यवस्तुको मूल्य बढेको तथा त्यसले घरेलु मुद्रास्फीतिलाई थप चाप दिएको बैङ्कले जनाएको छ । आगामी वर्षको दोस्रो अर्धवार्षिक अवधिसम्म पनि मुद्रास्फीतिलाई लक्ष्यमा झार्न कठिन हुने अधिकारीहरूको भनाइ छ ।

इरानले अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलघाँटी अवरुद्ध गरेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य बढाएको छ । श्रीलङ्का सरकारले पनि इन्धन र विद्युत् शुल्कमा वृद्धि गर्दा ऊर्जाको मूल्य झन्डै आधा बढेको छ ।

यसअघि केन्द्रीय बैङ्कले गत मे महिनामा ब्याजदर १०० आधार अङ्कले बढाएको थियो ।

सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलरको वैदेशिक ऋण तिर्न नसकेपछि आर्थिक सङ्कटमा परेको श्रीलङ्काले सन् २०२३ मा अन्तर्राष्ट्रिय मुद्राकोषबाट ४८ महिनाका लागि दुई अर्ब ९० करोड अमेरिकी डलर सहायता लिएको थियो । त्यसपछि सरकारले कर वृद्धि लगायतका आर्थिक सुधार लागू गरेको थियो । गत वर्षको चक्रवातमा कम्तीमा ६५० जनाको मृत्यु हुनुका साथै चार अर्ब १० करोड अमेरिकी डलर बराबरको पूर्वाधारमा क्षति पुगेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल

हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा