सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अन्ताल्या, ४ मङ्सिर (रासस/एएफपी) :जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ अन्योलमा परेको छ । करिब २०० देश सहभागी वार्तामा तेल, ग्यास र कोइलाको उल्लेखसमेत नरहेको नयाँ मस्यौदाप्रति असन्तुष्टि बढेपछि सम्मेलन सप्ताहन्तसम्म लम्बिने देखिएको छ ।

प्रारम्भिक मस्यौदामा जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने प्रयास तीव्र पार्न आह्वान गरिए पनि सहआयोजक अस्ट्रेलियाले बिहीबार सार्वजनिक गरेको नयाँ मस्यौदाबाट त्यससम्बन्धी उल्लेख हटाइएको छ । फ्रान्सकी जलवायुमन्त्री मोनिक बार्बुटले यसलाई गम्भीर कमजोरी बताउनुभएको छ ।

टर्कीले सन् २०३५ सम्म विश्वको विद्युत् मागमा विद्युतीकरणको हिस्सा ३५ प्रतिशत पुर्‍याउने स्वैच्छिक प्रतिबद्धताका लागि आग्रह गरेको छ । तर, विद्युत् उत्पादन स्वच्छ ऊर्जाबाटै हुनुपर्ने स्पष्ट व्यवस्था नभएको भन्दै केही देशले चिन्ता जनाएका छन् । कार्बन सङ्कलन तथा भण्डारण प्रविधिलाई प्रोत्साहन गर्ने प्रस्तावमा पनि मतभेद छ ।

जलवायु विज्ञानसम्बन्धी अन्तरसरकारी प्यानल (आइपिसिसी) का आगामी प्रतिवेदन सन् २०२८ को विश्वव्यापी समीक्षा अघि सार्वजनिक गर्न दर्जनौँ देशले माग गरेका छन् भने साउदी अरब र भारतसहित केही देशले सन् २०२९ सम्म स्थगित गर्नुपर्ने धारणा राखेका छन् । मस्यौदाले पेरिस सम्झौताले निर्धारण गरेको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य जोखिममा परेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

विकासोन्मुख देशलाई जलवायु अनुकूलनका लागि आर्थिक सहायता बढाउने विषयमा पनि सहमति हुन सकेको छैन । मस्यौदामा सन् २०३५ सम्म सहायता तीन गुणा पुर्‍याउनेबारे थप छलफल प्रस्ताव गरिए पनि विकासोन्मुख देशले माग गरेको एक खर्ब २० अर्ब अमेरिकी डलरको लक्ष्य समेटिएको छैन । उता, इरान युद्ध र तेलको मूल्यमा आएको उतारचढावले ऊर्जा सुरक्षा तथा जीवाश्म इन्धनको भविष्यबारेको विवाद थप जटिल बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल

हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा