सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

२०८३ मंग्सिर ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

उदयपुर, ६ मङ्सिरः जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका एक हजार ४०० मध्ये १५० जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।

विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिका तथा सर्वसाधारणलाई लक्षित गरी नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल लहानको समन्वयमा तीनदिने शिविर सञ्चालन गरिएको थियो ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र कार्कीका अनुसार शनिबार सम्पन्न शिविरमा एक हजार ४०० जनालाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो । ती सेवाग्राहीमध्ये ८०५ जना विद्यार्थी र अरू अभिभावक, शिक्षकशिक्षिका तथा स्थानीय सर्वसाधारण हुन् ।

शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीलाई आवश्यकताअनुसार चस्मा वितरण तथा शल्यक्रियाको प्रबन्ध पनि गरियो । चस्माबाट दृष्टिमा सुधार नहुने बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि चौधरी आँखा अस्पताल लहान पठाउने सिफारिस गरिएको छ । उहाँका अनुसार २१ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको छ ।

शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीमध्ये बिहीबार र शुक्रबार गरी ६९ जनालाई शल्यक्रियाका लागि लहान पठाइएको छ । पहिलो र दोस्रो दिन पहिचान भएका ३५ जनाको शुक्रबार नै शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रिया गर्न बाँकी तथा अन्तिम दिन पहिचान भएका ३४ जनालाई शुक्रबार अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ ।

बाँकी ५१ जना बिरामीलाई पनि आइतबारसम्म शल्यक्रिया गर्ने व्यवस्था गरिएको प्रमुख कार्कीले जानकारी दिनुभयो । चौधरी आँखा अस्पताल लहानका चिकित्सक डा विनय कामतको नेतृत्वमा आँखा टोली विद्यालयमै आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेपछि विद्यार्थी, अभिभावक र स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित