सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उत्तम मगरको स्वरमा रहेको ‘आँखामा तिमी’ सार्वजनिक (भिडियो )

२०८३ मंग्सिर ८, मंगलबार
https://www.youtube.com/watch?v=ym66lWs5vSM

काठमाडौं। गायक उत्तम मगरको स्वरमा सजिएको  गीत ‘आँखामा तिमी’ को  म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, समर्पण र प्रिय व्यक्तिप्रतिको गहिरो भावनालाई समेटिएको यस गीतमा रामकुमार रिमालको शब्द तथा संगीत रहेको छ।

गीतमा प्रेमीले आफ्नो प्रिय व्यक्तिलाई जीवनको अभिन्न हिस्सा मानेको भाव व्यक्त गरिएको छ। प्रिय व्यक्ति सधैँ मन र आँखामा रहने अनुभूति गीतका शब्दमार्फत प्रस्तुत गरिएको छ। प्रेममा हुने आत्मीयता, विछोडको पीडा र एकअर्काप्रतिको समर्पणलाई गीतले भावनात्मक रूपमा अभिव्यक्त गरेको छ।

गीतको संगीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन्।

मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोमा डोना थापा मगर, देवी थापा मगर र सरिता मगरको अभिनय  रहेको छ ।  भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन्। मनोज कार्कीले सम्पादन तथा कलर संयोजन गरेको भिडियोको प्रोडक्सन म्यानेजर मिलन कटवाल हुन्।

म्युजिक भिडियो गायक मगरको युट्युव च्यानल “उत्तम मगर” मार्फत सार्वजनिक भएको हो ।  गीतको अडियो तथा भिडियोलाई दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)