सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विजय-अञ्जनाको प्रेममा विनोदको प्रवेश, ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले यसअघि ‘बाँसैको सुप्लाखे’ गीत सार्वजनिक गरेको थियो भने बिहीबार चलचित्रको टिजर दर्शकमाझ ल्याएको हो ।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । मौलिक नेपाली संस्कृति र गाउँले परिवेशबाट सुरु हुने टिजरमा प्रेम, विवाह, खुसी, धोका र वियोगका दृश्य समेटिएका छन् ।

सुरुवातमा विजय र अञ्जनाबीचको प्रेम र वैवाहिक जीवनको खुसी देखाइएको छ । त्यसपछि विनोद न्यौपानेको प्रवेशसँगै कथाले नयाँ मोड लिन्छ । उनको आगमनपछि विजयको वियोग र अञ्जनाले भोग्नुपरेको धोका तथा पीडालाई टिजरमा प्रस्तुत गरिएको छ ।

सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल र अञ्जना बराइलीले दोस्रोपटक सँगै काम गरेका हुन् । यसअघि उनीहरूले सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा सहकार्य गरेका थिए ।

चलचित्रमा विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटालगायत कलाकारको अभिनय रहेको छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको पटकथा तथा संवाद रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् भने प्रशान्त सिवाकोटीले संगीत दिएका छन् । चलचित्र आगामी मंसिर १८ गते प्रदर्शनमा आउनेछ । यसको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र