सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, ८ मङ्सिर (रासस/एपी) : दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य विमानलाई हटाउन मङ्गलबार लडाकू विमान परिचालन गरेको जनाएको छ । रूसी विमानले कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा रहेको हवाई रक्षा क्षेत्रमा प्रवेश गरे पनि देशको क्षेत्रीय हवाई सीमा भने उल्लङ्घन नगरेको सेनाले स्पष्ट पारेको छ ।

उल्लेउङ टापुको हवाई क्षेत्र नजिक रूसी विमान उडेपछि सरकारले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो । तर, विमान जोखिम क्षेत्रबाट बाहिरिएपछि तीन मिनेटमै उक्त निर्देशन फिर्ता लिइएको थियो । घटनाबाट टापुमा कुनै ठूलो अवरोध नभएको अधिकारीहरूले बताएका छन् ।

सेनाका प्रवक्ता जाङ डो–युङले रूसी विमानले यस वर्ष पटक–पटक हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको बताउँदै पछिल्लो घटनाबारे मस्कोसँग विरोध जनाउने तयारी भइरहेको जानकारी दिनुभयो । यसपटक कति विमान प्रवेश गरेका थिए भन्ने भने सेनाले खुलाएको छैन ।

हवाई रक्षा पहिचान क्षेत्र देशको वास्तविक क्षेत्रीय हवाई सीमाभन्दा बाहिरसम्म फैलिएको हुन्छ । यसले विदेशी विमानको पहिचान र निगरानी गरी आवश्यक प्रतिकार्यका लागि सेनालाई समय उपलब्ध गराउँछ ।

यसअघि सन् २०१९ मा पनि रूसी ए–५० प्रारम्भिक चेतावनी विमानले दक्षिण कोरियाको क्षेत्रीय हवाई सीमा उल्लङ्घन गरेको आरोपमा दक्षिण कोरियाली लडाकू विमानले डोक्डो टापु नजिक चेतावनी गोली चलाएका थिए । मस्कोले भने त्यसबेला आरोप अस्वीकार गरेको थियो ।

मङ्गलबारको घटना दक्षिण कोरियाले एक साताअघि पनि रूसी विमान हटाउन लडाकू जेट परिचालन गरेको घटनापछि भएको हो । यसैबीच, जापानले पनि आफ्नो दक्षिणपश्चिमी तट नजिक दुई शङ्कास्पद रूसी विमान देखिएको भन्दै मस्कोसँग विरोध जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि महासचिव गुटेरेसद्वारा निराशा व्यक्त

सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन