सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँदिल्ली, ८ मङ्सिर (रासस/एएफपी) :भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका एक प्रमुख नेतालाई बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा आन्दोलनबारे सम्बोधन गर्न जाने क्रममा विमानस्थलबाटै रोकिएको छ ।

कक्रोच जनता पार्टी (सिजेपी) का २७ वर्षीय नेता सौरभ दासले सोमबार राति सामाजिक सञ्जालमार्फत आफूलाई लन्डन जाने उडानमा चढ्न नदिइएको बताउनुभएको हो । मङ्गलबार बिहान उडान भर्ने तयारीमा रहनुभएका उहाँलाई विमानस्थलका अध्यागमन अधिकारीहरूले आफ्नो राहदानीमा रोकसम्बन्धी सङ्केत रहेको जानकारी दिएका थिए ।

दासका अनुसार अक्सफोर्ड, क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) र एडिनबर्ग विश्वविद्यालयले उहाँलाई ‘कक्रोच’ आन्दोलनबारे सम्बोधन गर्न आमन्त्रण गरेका थिए । उहाँले डिसेम्बर १ मा अक्सफोर्ड युनियन सोसाइटीमा सम्बोधन गर्ने कार्यक्रम थियो । भारतीय विद्यार्थीहरूले कार्यक्रमका लागि तयारी गरिरहेको अवस्थामा सरकारले आफूलाई रोक्नु बौद्धिक विचारप्रति असहिष्णुताको सङ्केत भएको उहाँको आरोप छ ।

सन् २०२६ मेमा सुरु भएको सिजेपीले छोटो समयमै सामाजिक सञ्जालमा लाखौँ अनुयायी जुटाएको छ । जुलाईमा परीक्षामा भएको अनियमितताको विरोधमा पार्टीले आयोजना गरेको प्रदर्शनले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि दबाब बढाएको थियो । त्यसपछि शिक्षा मन्त्रीले राजीनामा दिनुभएको थियो ।

मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै नयाँदिल्लीमा भएको प्रदर्शनका क्रममा सुरक्षा कारबाही अवज्ञा गरेको आरोपमा दासलाई एक महिनाअघि हिरासतमा लिइएको थियो ।

मोदी सन् २०१४ मा सत्तामा आएपछि भारतमा मानव अधिकार र प्रेस स्वतन्त्रताको अवस्था कमजोर बनेको आलोचकहरूको आरोप छ । यसै महिनाको सुरुमा विपक्षी काङ्ग्रेस पार्टीले आयोजना गरेको लोकतन्त्रसम्बन्धी शिखर सम्मेलनमा एक सयभन्दा बढी विदेशी वक्तालाई सहभागी हुन रोकिएको थियो । प्रतिबन्धमा पर्नेमा यसअघि मोदीसँग प्रेस स्वतन्त्रताबारे प्रश्न गर्नुभएका एक नर्वेली पत्रकार पनि हुनुहुन्थ्यो ।

यसअघि सन् २०२२ मा भारत प्रशासित काश्मीरकी पुरस्कार विजेता फोटोग्राफर सन्ना इरशाद मट्टुलाई पुलित्जर पुरस्कार ग्रहण गर्न अमेरिका जानबाट भारतीय अधिकारीहरूले रोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता

इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध चर्किन सक्ने इजरायली सेनाको चेतावनी

जलवायु सम्मेलन निष्कर्षविहीन बनेपछि महासचिव गुटेरेसद्वारा निराशा व्यक्त

सरकार गठनका लागि आइसेनकोटको द्रुत मतदान रणनीति

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

जीवाश्म इन्धनको विवादले जलवायु वार्ता निष्कर्षविहीन

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित

फ्रान्समा अश्रुग्यासको प्रजनन स्वास्थ्यमा असरबारे चिन्ता

क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव

कोप–३१ को अस्तव्यस्त समापन, जलवायु सम्झौतामा सहमति जुटेन