सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

श्रीमतीको हत्या आरोपी श्रीमान् २४ दिनपछि पक्राउ

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ। मोरङको केराबारी गाउँपालिका– ७, दाहालचोकनजिक शान्तिमार्ग टोलका ५० वर्षीय उत्तमकुमार लिम्बू श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्।

गत कात्तिक ८ गते राति करिब पौने १२ बजे ४८ वर्षीया श्रीमती सञ्चमाया राई लिम्बूको मृत्यु भएको भन्दै उत्तमकुमारले आफन्त र समाजलाई खबर गरेका थिए। मृत्यु स्वाभाविक भएको बताएपछि सामाजिक रीतिअनुसार उनको दाहसंस्कारसमेत गरिएको थियो।

तर, माइती पक्षले मृत्युको घटनाप्रति शंका व्यक्त गर्दै प्रहरीलाई जानकारी गराएपछि शवको कानुनी परीक्षण गरिएको थियो। पोस्टमार्टम रिपोर्टमा सञ्चमायाको मृत्यु घाँटी थिचेर भएको हुन सक्ने उल्लेख भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार मदिरा सेवनपछि विवाद हुँदा श्रीमतीलाई धकेलेको र त्यसपछि मृत्यु भएको उत्तमकुमारले बयान दिएका छन्। तर, उनको बयान पोस्टमार्टम रिपोर्ट तथा घटनास्थलबाट संकलित प्रमाणसँग मेल नखाएको प्रहरीले जनाएको छ।

घटनाको २४ दिनपछि इलाका प्रहरी कार्यालय बेलबारीले उत्तमकुमारलाई मंसिर १ गते पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ। मृतकका माइती पक्षले पनि उनीविरुद्ध किटानी जाहेरी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

३८४ किलो नक्कली महसहित एक पक्राउ

दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई कारबाही

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

१० लाख २७ हजार मूल्य बराबरका चार्जर र हेडफोन बरामद

अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार

चोरीको माइक्रोबससहित दुई जना पक्राउ

धरानबाट ४९९ किलो गाँजासहित एक स्कार्पियो चालक पक्राउ

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ