रुपन्देही, ७ मंसिर २०८३। रुपन्देहीको रोहिणी गाउँपालिका-१, सेमरपानीस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १० लाख २७ हजार ५०० रुपैयाँ बराबरका मोबाइल चार्जरका टाउका र हेडफोन बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय डण्डाबाट खटिएको सवारी गस्ती टोलीले भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती सामान बरामद गरेको हो।
बरामद सामानमा सामसुङका २८५ थान मोबाइल चार्जरका टाउका र एप्पलका नौ थान हेडफोन छन्। ती सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रिया चलिरहेको सशस्त्र प्रहरीले जनाएको छ।
