सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। सर्लाहीको बरहथवा नगरपालिका-५ स्थित नगर अस्पतालमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोप लागेका अन्य दुई जना भने फरार रहेका छन्।

प्रहरीका अनुसार गएराति करिब ८:३० बजे नौ महिनाकी गर्भवती बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा राम देवी उपचारका क्रममा अस्पतालमा बेहोस भएपछि चिकित्सकको लापरबाहीका कारण यस्तो अवस्था आएको भन्दै उनका आफन्तले अस्पतालको इमरजेन्सी कक्षमा आगजनी तथा तोडफोड गरेका थिए।

1140x725घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। थप उपचारका लागि चन्द्रनिगाहपुर प्रा.ली. अस्पताल लगिएकी सिमा राम देवीलाई चिकित्सकले राति १०:५३ बजे मृत घोषणा गरेका थिए।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बरहथवा नगरपालिका–५ निवासी ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरालाई पक्राउ गरेको छ। त्यसैगरी रौतहटको गजुरा नगरपालिका-९ सिमरा निवासी ४२ वर्षीय भुसेनि महरा र २० वर्षीय राजन राम पनि पक्राउ परेका छन्।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोप लागेका अस्पतालमा करारमा कार्यरत धिरज महरा र सुरेश महरा भने फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको छ।

आगजनी तथा तोडफोडका कारण अस्पतालको इमरजेन्सी कक्षमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। घटनापछि अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको र बिहान ६:१५ बजेसम्म अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

१० लाख २७ हजार मूल्य बराबरका चार्जर र हेडफोन बरामद

चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू

चोरीको माइक्रोबससहित दुई जना पक्राउ

धरानबाट ४९९ किलो गाँजासहित एक स्कार्पियो चालक पक्राउ

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ