सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित गरिँदै

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नारायणगढ (चितवन), ९ मङ्सिरः चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ । वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संरक्षणलाई लक्षित गरी घाँसे मैदान तथा सिमसार क्षेत्र व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखिएको हो ।

निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार लक्ष्यअनुसार १२५ हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने काम सम्पन्न भइसकेको छ भने बाँकी क्षेत्रमा व्यवस्थित गर्ने काम अघि बढिरहेको छ ।

सूचना अधिकारी तिवारीले भन्नुभयो, “चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने लक्ष्य रहेको छ । त्यसमध्ये १२५ हेक्टर व्यवस्थित गर्ने काम सम्पन्न भइसकेको छ भने बाँकी काम कार्यान्वयनको चरणमा छ ।”

निकुञ्जभित्र रहेका ५८ भन्दा बढी प्राकृतिक तालतलैया तथा सिमसार क्षेत्रले जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । तिनको संरक्षण तथा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा चारवटा नयाँ पोखरी निर्माण गर्ने कार्यक्रम रहेको सूचना अधिकारी तिवारले जानकारी दिनुभयो । तीमध्ये एउटा पोखरी निर्माण सम्पन्न भएको छ भने बाँकी तीनवटा निर्माणको प्रक्रियामा रहेका छन् ।

घाँसे मैदान र सिमसार क्षेत्र व्यवस्थित गर्ने कार्यनले वन्यजन्तुलाई आवश्यक आहार तथा पानीको उपलब्धता सहज बनाउनुका साथै उनीहरूको प्राकृतिक बासस्थान संरक्षणमा सहयोग पुग्ने निकुञ्जको अपेक्षा छ । विशेषगरी एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तुको संरक्षणलाई प्राथमिकतामा राखेर व्यवस्थित तथा संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार घाँसे मैदान व्यवस्थित गर्नका लागि यस वर्ष अघिल्ला वर्षको तुलनामा ठूलो कार्यक्रम आएको छ । करिब १६ सयदेखि १७ सय हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम अघि बढाउने योजना रहेको उहाँले बताउनुभयो ।

घाँसे मैदान व्यवस्थापनसँगै वन्यजन्तु अवलोकनका लागि मचान निर्माण गर्ने योजना रहेको वरिष्ठ संरक्षण अधिकृत पुनले जानकारी दिनुभयो । निकुञ्जको पूर्वी क्षेत्र, लामिताल र सुखिभार क्षेत्रमा मचान निर्माण गर्ने योजना छ । लामिताल र सुखिभार क्षेत्रमा मचान निर्माणको तयारी भइरहेको उहाँले बताउनुभयो । ती मचान तीन तलासम्मका हुनेछन् ।

माथिल्लो तलामा वन्यजन्तु अवलोकन गर्ने भ्यू प्वाइन्ट र तल्लो तलामा पर्यटकका लागि आराम गर्ने स्थान बनाउने योजना रहेको उहाँले बताउनुभयो । एउटा मचान निर्माणमा करिब रु ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । अहिले त्यसको विस्तृत लागत अनुमान तयार गर्ने काम भइरहेको छ ।

मचानसँगै पोखरी तथा वाटर होल व्यवस्थापन गर्दा वन्यजन्तुको अवलोकन सम्भावना बढ्ने र पर्यटकलाई निश्चित स्थानमा बसेर वन्यजन्तु हेर्न सहज हुने उहाँको भनाइ छ । वन्यजन्तुलाई अनावश्यक रूपमा बाधा नपुग्ने गरी पर्यटकको गतिविधि व्यवस्थित गर्ने उद्देश्यले यस्तो संरचना निर्माण गर्न लागिएको हो । निकुञ्जले घाँसे मैदान, तालतलैया तथा सिमसार क्षेत्रको व्यवस्थापनलाई निरन्तरता दिँदै वन्यजन्तुको बासस्थान संरक्षण र पर्यापर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

सुनचाँदीको मूल्य निरन्तर घट्दो, तोलाको कति पुग्यो ?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

सहिद स्मारकमा पर्यटकको आकर्षण

सुनचाँदीको मूल्य बढ्यो