सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ’

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १० मङ्सिरः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीद्वारा आज यहाँ आयोजित ‘नेपाल–युके बिजनेस फोरममा उहाँले नेपालमा संयुक्त लगानी, प्राविधिक साझेदारी, उत्पादनमूलक क्षेत्रमा अवसर र नेपालका उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न बेलायती कम्पनीलाई आग्रह गर्नुभयो ।

मन्त्री साहले विभिन्न पेसा, व्यवसायका सिलसिलामा बेलायमा रहनुभएका नेपाली डायस्पोरालाई पनि मातृभूमिमा लगानी, व्यावसायिक विज्ञता, नवीनता र ज्ञान हस्तान्तरणका माध्यमबाट नेपाली र बेलायती अर्थतन्त्रबीच सेतुको काम गर्न आग्रह आह्वान गर्नुभयो ।

नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा लामो मित्रता, आपसी सम्मान, विश्वास र सहकार्यको इतिहास रहेको उल्लेख गर्दै मन्त्री साहले यो सम्बन्ध केबल कूटनीतिक संलग्नतामा मात्र सीमित नभई जनस्तर र भावनात्मक निकटतामा पनि आधारित रहेको बताउनुभयो ।

“यो ऐतिहासिक सम्बन्धलाई अझ बलियो आर्थिक साझेदारीमा रूपान्तरण गर्ने अवसर छ, जसले उन्नत प्रविधि, जिम्मेवार लगानी र दिगो व्यापारलाई प्रवद्र्धन गर्न सकोस्”, उहाँले भन्नुभयो ।
नेपाल र बेलायतबीच नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन तथा औद्योगिक विकास, दिगो पूर्वाधार र सेवा क्षेत्रका उदीयमान आयाममा सहकार्य गर्ने प्रचुर सम्भावना रहेको उहाँले औँल्याउनुभयो ।

अवसरले मात्र लगानीकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै उहाँले लगानीकर्तालाई आवश्यकपर्ने आत्मविश्वास, नीतिगत स्थिरता र पारदर्शीताका क्षेत्रमा वर्तमान सरकारले काम गरिरहेको जानकारी गराउनुभयो ।

“व्यावसायिक समुदायले उठाउँदै आएका दोहोरो कर प्रणाली, कर नीतिमा पूर्वानुमानयोग्यता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्तिको सुरक्षा र निर्यात सहजीकरणका विषय विचारणीय रहेका छन्, यसलाई सरकारले स्वीकार गरेको छ”, उहाँले भन्नुभयो ।

नेपालका लागि बेलायतका राजदूत रब फेनले बेलायत र नेपाल २०४ देखिका साझेदार भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध निरन्तर विस्तार हुँदै गइरहेको बताउनुभयो ।

नेपाल–ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सभापति रोशन राठीले नेपाल र बेलायतबीच ‘दोहोरो कर मुक्ति सम्झौता’ गर्न सकिएमा द्विपक्षीय व्यापार र लगानीका लागि आधार तयार हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्व दिगो यातायात दिवस आज, दिगो विकासमा यातायातको महत्त्वमा जोड

तीस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

कार्कीको मागमा सर्वोच्चको फैसलाः हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन

प्रस्तावित ‘सिनेपा’ चलचित्र स्टुडियोको काम अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको पहल, स्थानीय भावना र वातावरणीय पक्षलाई सम्बोधन गर्दै निर्माण प्रक्रिया अघि बढाइने

उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः उद्योगमन्त्री साह

हिमतालको जोखिमबाट जोगाउन ५० मिलियन डलरको परियोजना

लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यकः मन्त्री बादी

काठमाडौँ–धुलिखेलमैत्री पार्क निर्माण सम्झौता

अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने

दानबहादुर कार्कीको रिटमा सुनुवाइ हुँदै, कस्तो आउला आदेश ?