सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दक्षिण कोरियामा ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, १० मङ्सिर (रासस/एएफपी): दक्षिण कोरियाको केन्द्रीय बैङ्कले बिहीबार ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा पुर्‍याएको छ ।

मुद्रास्फीति नियन्त्रण गर्न यो कदम चालिएका बैङ्कल जनाएको छ ।

कृत्रिम बुद्धिमत्ता (एआई) को मागका कारण निर्यात रेकर्ड उच्च तहमा पुगेपछि बैङ्कले आर्थिक वृद्धिदरको प्रक्षेपण पनि बढाएको छ ।

कोरियाली केन्द्रीय बैङ्कले ऋण लागत २५ आधार बिन्दुले बढाएर ३.२५ प्रतिशत पु¥याएको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो र मुद्रास्फीति दुई प्रतिशतको लक्ष्यभन्दा धेरै माथि रहेका बेला यो निर्णय आएको हो ।

गत महिना उपभोक्ता मूल्य सूचकाङ्क २.८ प्रतिशत रह्यो । अस्थिर खाद्य र ऊर्जा खर्च हटाएर निकालिने मूल मुद्रास्फीति पनि त्यति नै रहेको छ । अधिकारीहरूले एशियाको चौथो ठूलो अर्थतन्त्रले यस वर्ष ३.९ प्रतिशत र सन् २०२७ मा ४.१ प्रतिशतले विस्तार हुने अपेक्षा गरेका छन् । एआईसम्बन्धी चिप्सको बलियो निर्यातका कारण यो सम्भव भएको हो ।

“मध्यपूर्वमा तनाव कायमै रहे पनि विश्व अर्थतन्त्र एआईमा भएको बलियो लगानीका कारण ठोस वृद्धि प्रवृत्ति कायम राख्ने अपेक्षा छ,” बैङ्कले भनेको छ ।
यसैबीच ऊर्जा मूल्य वृद्धिले प्रभाव फराकिलो बनाउँदै गएका कारण मुद्रास्फीति केही समयसम्म उच्च नै रहने प्रक्षेपण छ ।

साम्सुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता अग्रणी चिप्स निर्माता भएको दक्षिण कोरियाले यस वर्ष पहिलो पटक निर्यात एक ट्रिलियन डलर पुगिसकेको यसै महिना घोषणा गरेको थियो ।

विश्वव्यापी एआई विकासका कारण सेमीकन्डक्टरको माग बढेपछि यो सम्भव भएको हो । सन् २०२६ मा अहिलेसम्म संयुक्त राज्य अमेरिका, चीन र जर्मनी मात्रै यो कोसेढुङ्गा पार गरेका छन् ।

केन्द्रीय बैङ्कले भनेको छ, “फस्टाउँदो चिप्स क्षेत्रले निर्यात र लगानी वृद्धि बलियो बनाइराख्नेछ भने बढ्दो आम्दानी र सरकारी खर्च वृद्धिले उपभोगमा क्रमिक सुधारलाई सहयोग पुर्याउने अपेक्षा छ ।

“भविष्यको वृद्धि मार्ग अनिश्चिततामा निर्भर छ । सेमीकन्डक्टर क्षेत्रको विस्तार घरेलु अर्थतन्त्रसम्म कति फैलिन्छ र मध्यपूर्वको अवस्था कस्तो हुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ,” बैङ्कले भनेको छ । गभर्नर शिन ह्युन–सोङले यस सम्बन्धमा बिहीबार नै पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

व्यापार वार्ताबाट कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

सुडानमा ड्रोन आक्रमण बालबालिकासहित १४ जनाको मृत्यु

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा