काठमाडौँ, १० मङ्सिरः प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा सम्पन्न सो भेटमा विभिन्न विषयमा कुराकानी भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । “प्रधानमन्त्री र पार्टी सभापतिबीच सौहार्दपूर्ण कुराकानी भयो, भेटमा विशेष गरी प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण कार्यक्रम, संसद्को आगामी अधिवेशन र सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा कुराकानी केन्द्रित भएको थियो ।” उहाँले भन्नुभयो ।
