सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध संगठन (ओपीसीडब्ल्यू) को सदस्य राष्ट्रहरूको सम्मेलनको ३१औँ अधिवेशनमा बेनेलक्स मुलुकका लागि नेपाली राजदूत तथा ओपीसीडब्ल्यूका लागि नेपालकी स्थायी प्रतिनिधि सेवा लम्सालले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

उनले निरस्त्रीकरण र अप्रसारलाई नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै विश्व शान्ति, शान्तिपूर्ण सहअस्तित्व र अन्तरराष्ट्रिय सहयोगका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ ।

उनले कुनै पनि परिस्थितिमा रासायनिक हतियारको विकास, उत्पादन, प्राप्ति, भण्डारण, प्रसार तथा प्रयोगको विपक्षमा नेपाल रहेको बताइन् । राजदूत लम्सालले अतिकम विकसित मुलुकमा संस्थागत, प्राविधिक तथा जनशक्ति क्षमता अभिवृद्धि गर्न रासायनिक हतियार निषेध संगठनको निरन्तर सहयोग, तालिम तथा क्षमता विकास आवश्यक भएको बताइन् ।

कृत्रिम बौद्धिकता र जैविक प्रविधिलगायत विज्ञान तथा प्रविधिमा भइरहेका नयाँ विकासले निम्त्याउन सक्ने चुनौती सम्बोधन गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेकामा नेपालले जोड दिएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास

नेपाली-भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सालझण्डीमा सुरु

अर्थ समिति बैठक :अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयकमाथिको दफावार छलफल सर्वसम्मतिले पारित

अनुपजंग थापालाई रथीको दर्ज्यानी, अन्य पाँच अधिकृत को-को भए बढुवा ?

एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

उग्रतारामा आज भव्य मेला लाग्दै

‘जय नेपाल’ नभनेको भन्दै गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार निलम्बित

सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा

चलचित्र विधेयकमाथि सैद्धान्तिक छलफल

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

जेब्रा क्रसिङमा सवारी नरोक्ने र सार्वजनिक यातायातमा दुर्व्यवहार हुने गरेको गुनासो

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना