काठमाडौँ, ११ मङ्सिरः पूर्वकृषिमन्त्री मदनप्रसाद परियार एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ (एएएई) फेलो अवार्डबाट सम्मानित हुनुभएको छ ।
इन्डोनेसियाको बालीमा जारी अन्तरराष्ट्रिय कृषि इन्जिनियरिङ सम्मेलनमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । कृषि, खाद्यान्न र जैविक प्रविधिहरूको प्रवर्द्र्धनमा गर्नुभएको योगदानको कदरस्वरुप उहाँ आज सम्मानित हुनुभएको जनाइएको छ ।
सम्मेलनमा पूर्वमन्त्री परियारले नेपालको जलवायु–अनुकूल कृषिका लागि उपयुक्त प्रविधि प्रवर्द्धनका साथै हालैको जलवायु विपत्तिबारे जानकारी गराउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
