सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एआईजी डा. दुर्गा थापाको अवकाशसँगै प्रहरी अस्पताल प्रमुख बिहिन

२०७६ पुष ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल प्रहरी अस्पतालको मेडिकल डाईरेक्टर (एआईजी) पद रिक्त भएको छ । अस्पतालकी प्रमुख एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण शुक्रबारबाट अवकाश पाएपछि मेडिकल डाइरेक्टर पद रिक्त भएको हो ।

अस्पतालकी प्रमुख एआईजीको अवकाशमा जानेभएपछी अस्पतालको निमित्त निर्देशकको रूपमा बरिष्ठताको आधारमा डीआईजी डा. मीनराज पाठकले जिम्मेवारी पाएका छन् ।

प्रहरी अस्पतालमा मेडिकल डाइरेक्टर बन्न एआईजीमा बढुवा हुनुपर्छ । हाल प्रहरी अस्पतालमा अहिले तीन जना डीआईजी कार्यरत रहेका छन् ।

डा. पाठकसँगै बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा आशा सिंह र बरिष्ठ हाडजोर्नीरोग विशेषज्ञ डा सुमनराजा श्रेष्ठ पनि डिआईजी पदमै कार्यरत छन् । यस हिसावले एआईजी पदमा उनीहरुको पनि सम्भावना हटिसकेको छैन ।

यद्धपी अहिलेसम्म बरिष्ठताको आधारमा र निमित्तलाई नै पछि पूर्ण निर्देशकको जिम्मेवारी दिने चलनले पाठकको सम्भावना बलियो भएको अस्पताल स्रोतको दावी छ । सेवाको हिसावले उनको बहाली भएमा करिब चार बर्ष अस्पतालको प्रमुख सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता