काठमाण्डौंः सर्जक एवं गायक विष्णु खत्रीले देउसी भैलो गीत सार्वजनिक गरेका छन् । उनले बिहीबार ‘शङ्कर ध्वनि देउसी भैलो’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
गीतमा उनीसँगै लोकदोहोरी क्षेत्रका ८ जना गायक-गायिकाहरुले स्वर दिएका छन् । विष्णुसँगै राजु परियार, बद्री पंगेनी, बिमलराज क्षेत्री, शर्मीला गुरुङ, टीका पुन, देवी घर्ती, जुना श्रीसको स्वर गीतमा सुन्न सकिन्छ ।
