सदाबहार खबरको रफ्तार ....
बैसाख १८, २०८१ मंगलबार
April 30, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

२०८० चैत्र ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागे पछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन् ।

त्यसपछि उनले आफ्ना दुवै छोरीलाई चलिरहेको कारबाट बाहिर फालिन । यसपछि उनले आफ्नो कार रुखमा ठोक्काइन, जसका कारण महिलाको पनि मृत्यु भएको छ ।

लस एन्जलस टाइम्सका अनुसार ती महिला सूर्यग्रहणलाई लिएर चिन्तित थिइन्। उनी मानिसबाट नकारात्मक ऊर्जा हटाएर आफ्नो राशिफलमार्फत आफ्नो भविष्य बताउँथिन् । भर्खरै उनले आफ्नो वेबसाइटमा पोस्ट गरेको थिइन कि, ‘यो सूर्यग्रहण आध्यात्मिक युद्धको चेतावनी हो, यस्तो अवस्थामा आफ्नो हृदय शुद्ध राख्नुहोस् र आफ्नो सुरक्षामा ध्यान दिनुहोस्।’

ड्यानियलले थप लेखेका थिइन, ‘संसार धेरै छिटो परिवर्तन हुँदैछ। यस्तो अवस्थामा हामीले कुन पक्षमा बस्ने भनेर रोज्ने समय आएको छ।’

यसपछि गत ८ अप्रिलमा ग्रहणको दिन बिहान ड्यानियलले आफ्ना श्रीमानको छातीमा छुरा हानेकी थिइन् । त्यसपछि राति उनले आफ्ना ९ वर्षीया र ८ महिनाकी छोरीलाई कारमा हालेर ४०५ नम्बरको फ्रिवेमा लगेर कारबाट बाहिर फालिन ।

यस अवधिमा ८ महिनाकी बालिकाको मृत्यु भएको छ भने ९ वर्षीया बालिका अस्पतालमा भर्ना छिन् । ड्यानियलले आफ्नो कार दुई केटीहरूलाई फ्याँकेको ठाउँबाट अलि टाढा एउटा रूखमा ठोक्किएको थियो । आधा घन्टापछि घटनास्थलमा पुगेको प्रहरीले ठक्कर अघि कार १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको पत्ता लगाएको छ ।

रिपोर्टका अनुसार तीब्र गतिको कारसँग ठोक्किए पछि ड्यानियलको शरीर यति नराम्ररी टुक्रा टुक्रा भएको थियो कि उनको पहिचान गर्न समेत गाह्रो भएको थियो । जब पुलिस डेनियलको घर पुग्यो, त्यहाँ रगतले बनेको खुट्टाको छाप थियो। जहाँ प्रहरीले डेनियलका श्रीमानको शव फेला पारेको छ । धेरैले श्रीमानको हत्यालाइ बलि परम्परासँग जोडेका छन् ।

अमेरिकी समुदायमा ग्रहणको बारेमा धेरै विश्वास र अन्धविश्वासहरू कायमै रहेका छन् । ग्रहणहरू लामो समयदेखि संसारको अन्त्यको भविष्यवाणीहरूसँग सम्बन्धित छन्। यद्यपि, वैज्ञानिकले भनेका छन् कि यी दावीहरूको वास्तविकतामा कुनै आधार छैन। सोमबारको सूर्यग्रहण अमेरिकाबाहेक मेक्सिको र क्यानडामा पनि देखिएको थियो । यस अवधिमा दिनमा ४ मिनेट २८ सेकेण्डसम्म अँध्यारो थियो ।

ग्रहणको समयमा अमेरिकाको अर्कान्सासमा पनि ४०० जोडीले विवाह गरेका थिए भने आज पनि अमेरिकाको चक्तो समुदायमा ग्रहणको समयमा ठूलो र कालो गिलहरीले सूर्यलाई खान्छ भन्ने विश्वास छ । त्यसैले सोमबार ग्रहणको समयमा समुदायका महिलाहरू घरबाहिर आएर भाँडाकुँडा हानेका थिए ताकि गिलहरीलाई भगाउन सकियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

गर्लफ्रेन्ड चाहियो भन्दै पैसा तिरेर फेसबुकमा विज्ञापन !

जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियाे, देशैभरी लगाइयाे आपतकाल