सदाबहार खबरको रफ्तार ....
बैसाख २३, २०८१ आइतबार
May 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिकित्सकलाई विज्ञापनमा रोक

२०८१ बैसाख १३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकलाई निजी अस्पतालमा गएर उपचार गर्न गरिने विज्ञापनमा रोक लगाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले सरकारी अस्पतालका चिकित्सकले विज्ञापन गरेर निजी अस्पतालमा बिरामी आकर्षित गर्ने गरेको भन्दै त्यस्तो कार्यलाई रोक्न खोजेको जानकारी दिनुभयो । सरकारी सेवाका स्वास्थ्यकर्मीले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने गरेको र आफूलाई सरकारी भनेर निजीमा विज्ञापन गर्ने गरेको पाइएपछि मन्त्रालयले रोक लगाएको हो ।

कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको फेला परेमा कानुन अनुसार कारबाही गर्ने प्रक्रियासमेत अगाडि बढाउने उहाँले बताउनुभयो । कानुन अनुसार कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले यस्ता प्रकारका गतिविधि गराएको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन अनुसार दुई वर्षसम्म बढुवामा रोक लगाउन सकिने व्यवस्था रहेको छ ।

बुर्लाकोटीले सरकारी अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीले कार्यालय समयमा निजी क्षेत्रका अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकल हलहरूमा बिरामी परीक्षण गर्ने र सञ्चार माध्यमबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने गरेकाले कडाइ गरिएको बताउनुभयो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओली–नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

तेह्र प्रतिशतले बढ्यो पर्यटक आगमन

कक्षा ८ को नतिजा निराशाजनक

उद्धार गरिँदै सडक बालबालिका

सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी

ओली–नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

बागमतीको बजेट अधिवेशन वैशाख ३१ गते

भीमा मृत्यु प्रकरणः विशेषज्ञबाट पोष्टमार्टम गराउन अदालतको आदेश

प्रविधिमैत्री सेवा विस्तार गर्न सुझाव

इन्टरनेट सेवा सुनिश्चित गर्न निर्देशन

मत्थर भएको छैन नेपालको असन्तुष्टि