सदाबहार खबरको रफ्तार ....
बैसाख २५, २०८१ मंगलबार
May 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

२०८१ बैसाख १३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको  सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गर्नुभएको छ  ।

अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१/०८२ को बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिन पौडेलसँगै ७ पूर्व अर्थमन्त्रीलाई बानेश्वरस्थित एक होटलमा निमन्त्रणा गर्नु भएको थियो । अर्थमन्त्री पुनलाई कार्यान्वयन हुने खालको सानो आकारको बजेट ल्याउन सुझाव दिनु भएको पौडेलले राजनीतिक अस्थिरता चाहनेहरूले फैलाएको हल्ला निराधार रहेको बताउनुभयो ।

उहाँले हल्लाहरूको बेवास्ता गर्दै बजेट निर्माणमा लाग्न अर्थमन्त्रीलाई सुझाव दिनु भयो । पौडेलले संसदमा कुनै दलको एकल बहुमत नरहेको भन्दै कसैले चाहँदैमा सरकार नढल्ने बताउनुभयो । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति भएको पौडेलले स्मरण गर्नुभयो  ।

‘सरकार अस्थिर छ भन्ने हल्ला चलाएर बजेट बनाउँदै गरेको अर्थमन्त्रीको मनोविज्ञानमा ‘देखा जाएगा’ भन्ने सोच उत्पन्न गराउन केही मानिसहरूले हल्ला चलाएर दबाब सिर्जना गर्ने प्रवृत्ति विगतदेखिकै हो’, पौडेलले भन्नुभयो , ‘संसदमा कसैको पनि एकल बहुमत छैन । यो सरकार अस्थिर छ भन्ने खालको जसरी प्रचार भइरहेको छ,त्यो प्रचारबाट प्रभावित हुनुपर्ने कुनै कारण म देख्दिन , ढुक्क भएर बजेट निर्माणको काममा लाग्न अर्थमन्त्रीज्यूलाई मेरो आग्रह छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नीति तथा बजेटले देशलाई नयाँ दिशामा लैजाने छ : महासचिव पोखरेल

मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

जसपा फुटाउन मेरो भूमिका छैन- प्रधानमन्त्री

समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेल

समाजवादीको स्थायी समिति बैठक शनिबार

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

वामपन्थी पार्टीहरुका बीचमा एकताको आवश्यकता छ : अध्यक्ष ओली

गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर

नयाँ समीकरण बनाउने चर्चा निराधार हो: नेकपा एस

एमाले फर्किन वामदेव आतुर

जसपा नेपाल भन्छ- बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिबद्ध छन्, विभाजनको अवस्था छैन