सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कतारले ट्रम्पलाई ५५ अर्बको लक्जरी बोइङ जेट उपहार स्वरूप दिने (तस्विरहरू)

२०८२ बैसाख ३०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कतार, ३० बैशाख । कतारले डोनाल्ड ट्रम्पलाई  लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ।

तर ट्रम्प प्रशासनको यो योजनाले अमेरिकी संविधानमा समस्या खडा गरिरहेको छ किनभने आलोचकहरूले तर्क गरेका छन कि सम्झौताले सार्वजनिक सेवा र निजी नाफा बीचको रेखाहरू धमिलो पार्छ । र, अमेरिकी संविधानको विदेशी ‘इमोलुमेन्ट क्लज’ को उल्लङ्घन गर्न सक्छ।

करिब ४०० मिलियन डलर अर्थात ५५ अर्ब मूल्यको यो विमान विदेशी सरकारले संयुक्त राज्य अमेरिकालाई दिएको सबैभन्दा महँगो उपहार हो, जा्र अस्थायी रूपमा राष्ट्रपतिको विमानको रूपमा प्रयोग गरिनेछ।  र, त्यसपछि ट्रम्पको कार्यकाल पूरा भएपछि यसलाई राष्ट्रपतिको संग्रालयमा राखिनेछ ।

यस विषयमा जानकार अमेरिकी अधिकारीहरुका अनुसार कतार सरकारको स्वामित्वमा रहेको उक्त विमानलाई अमेरिकी रक्षा विभागलाई चन्दास्वरुप एयरफोर्स वनको रुपमा अस्थायी रुपमा प्रयोग गर्न दिन लागिएको हो ।

तर, यसमा अन्तिम निर्णय अझै भइसकेको छैन । कतारी प्रवक्ता अली अल–अन्सारीले भने कि ‘एयर फोर्स वनको रूपमा अस्थायी प्रयोगको लागि विमानको सम्भावित स्थानान्तरण कतारी रक्षा मन्त्रालय र अमेरिकी रक्षा विभाग बीच विचाराधीन छ, अहिले कुनै निर्णय भइसकेको छैन्।’

कतारको स्वामित्वमा रहेको विमान अर्को कतारी ७४७–८ मोडेलसँग मिल्दोजुल्दो छ, जुन ट्रम्पले यसमार्फत गत वर्षको फेब्रुअरीमा भ्रमण गरेका थिए, जब यो फ्लोरिडाको मार ए लागो एस्टेटबाट केही मिनेट टाढा पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरिएको थियो। त्यस समयमा ह्वाइट हाउसका अधिकारीले भने कि यो भ्रमण ट्रम्पलाई एयर फोर्स वन विमानको नयाँ पुस्ता कसरी सुसज्जित हुनेछ भनेर बुझ्न मद्दत गर्नको लागि आयोजना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना