सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सय रोपनीमा एकै दिन रोपाइँ (फोटो फिचर)

२०८२ श्रावण ३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  अहिले गाउँमा खेतलानै पाइँदैन् । बसाइसराइले गाउँका उर्वर खेतबारी बाँझा छन् । उत्पादकत्व कम हुने भएकाले जाँगरले खेती गर्नेहरू पनि कम हुँदै गएका छन् । तर, शनिबार गुल्मीको धुर्कोट गाउँपालिका–६, सिस्तुङ फाँट खेतला र ठिङ्गारेले भरिएको थियो । जुन अहिले दुलर्भ तस्बिर हो । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले दुई वर्षदेखि आफ्नो खेतको रोपाइँलाई उत्सवको रूपमा विकास गर्नुभएको छ । कलाकारहरूको बाली र स्थानीय झ्याउरे भाकासँगै र पञ्चेबाजा नाच्नेहरूका कारण मेलोेका खेतला र ठिङ्गारेलाई काम गरेको महसुसनै थिएन् ।

अर्यालले बर्सेनि गर्दै आएको रोपाइँ महोत्सवमा हेर्ने र रमाइलो गर्न स्थानीय सरकारका प्रमुखदेखि सरकारी अड्डाका मान्छेहरूको सिस्तुङ पुग्छन् । अर्यालले दुई वर्षदेखि व्यक्तिगत लगानीमा सय रोपनी खेतमा धान रोप्दै आउनु भएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारसँगै पञ्चेबाजाको तालमा हेर्न आउनेहरूले सिस्तुङ फाँँट भरिभराउ थियो । काम र मनोरञ्जनसँगै गर्ने उद्देश्यले रोपाइँलाई महोत्सवको रूपमा अगाडि बढाउन एकैदिन काम गर्ने गरेको कृषक मेघनाथ अर्यालले बताउनुभयो । उहाँले महोत्सवलाई आम्दानी र खर्चसँग मात्रै जोडेर आफुले कहिल्यै नहरेको बताउँदै बाँच्ने र सक्ने बेलासम्म निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । पहिले गाउँहरूमा धेरैले बाजासहित रोपाइँ गर्ने चलन भए पनि पछिल्लो समय हराउँदै गएकाले संस्कृति संरक्षणको प्रयास पनि भएको बताउनुभयो ।

कोरियाको कमाइले बुटवलमा लामो समय बस्दै आउनुभएका अर्याल २०७७ सालबाट सहर छोडेर गाउँ फर्किनुभएको छ । एक करोड लगानी गरेर व्यावसायीक भैँसीपालन गर्नुभएका अर्यालले दैनिक १०० लिटर दुध बिक्री गर्नुभएको छ । गत वर्ष पनि एकै दिन एक सय रोपनीमा धान रोप्नुभएका अर्यालले मङ्सिरमा ४०० मुरी धान भित्र्याउनुभएको थियो । आफ्नो ७२ रोपनी र लिजको २८ गरेर १०० रोपनी खेतमा धान रोप्दै आउनुभएको छ ।

एकैदिन रमाइलो गरेर धान रोप्दा भड्किलो भयो भन्नेहरू पनि मङ्सिरमा आगनको धानको थुप्रो देखेर छक्क परेको कृषक मेघनाथ अर्यालले बताउनुभयो । उहाँले धुर्कोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र अर्याल आफैँले लगानी गरेर अर्याल खाद्यान्य प्रशोधन तथा प्याकेजिङ उद्योग सञ्चालन गर्दै धुर्कोटे चामलको बजारीकरण सुरु गर्नुभएको छ ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले मेघनाथ अर्यालले सवै काम ऊर्जा र उत्साहका साथ गरिरहेको बताउनुभयो । उहाँले व्यवहारमा परिणाम पनि देखाएकाले आफुहरूको सहयोग र सद्भाव सधैं रहेको बताउनुभयो । गाउँका डेढ सय जनालाई एकैदिन जम्मा गर्दा उत्सवसँगै रोजगारी र संस्कृति संरक्षणको कुरा जोडिएको पोख्रेलले बताउनुभयो ।

तस्बिरः गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना